'दिदि, आज चाहि यो लोकल टमाटर ल्याइदिएको छु, टिमुर् हालेर दामि चटनि बनाउनुस् है!'
किचनको टेबुलमा टमाटर र खुर्सानिको पोको राख्दै म अर्डरको शैलिमा बोल्छु। दिदि बेसिनमा भांडा माझ्दै हुन्छिन् । म एसो उनितिर हेर्छु। मेरो आग्या सुनेर एक गृहकार्यको बोझले थिचिएको बालक जसरि उनले मुन्टो मतिर फर्काउछिन् र अलमलमा प्रश्नबाचक आंखाले हेर्छिन्। अनि फर्किन्छिन्। "केइ मिठो बनाउनुस् भन्ने बित्तिकै एस्तै आंखा देखाउछे।" मनमनमा सोच्दै म चिया कपमा लिन्छु र आफ्नो कोठातिर लाग्छु।
चिकित्साशास्त्रको बिद्यार्थि म पढाइ सुरु गर्नुभन्दा पहिले नै हिप्पोक्रेटिक सपथ खाएको थिएं, 'परिआएमा जस्तोसुकै अवस्थाको लागिपनि मैले मानवताको लागि काम् गर्नेछु- मानवता दाउमा राखेर केहि पनि गर्नेछैन। सामन्य बिध्यालय बाट एस् एल् सि गरेपनि,
दस जोडदुई सकेर चिकित्साशास्त्र मा नाम निकाल्न सफल भएथें।तत्पश्चात यो मेडिकल कलेजको पढाइ। फुर्सद भन्ने कहिल्यै नहुने। होस्टेलको कडा अनुशासनको बिकल्प, भरतपुरको महङ्गो बसाइ म आफुजस्ता दुइ असल् मित्रहरुसङग बांडेर , भनौ रमाइलो साढे पाच बर्सको परिवार बनाएर बसेको छु।
सुरुवाति दिनदेखिनै हामिहरुले भान्छामा र सरसफाइ काम गर्ने भनेर एक् दिदी राख्यौ।बिबिध कारण हरुले होला सिन्धुपाल्चोक घर बताउने ति दिदी भरतपुर सरेर यो दुख खेपिरहेको। निस्चित तलब समयमा दिने सम्झौतामा उनले हाम्रोमा भान्छे कम परिचारिकाको काम गर्न थालिन्।
दिनरात खट्नुपर्ने र दैनिक कलेज दौडधुपको हाम्रो यो चिकित्सा पढाइ उनिसित बात मार्ने , उनका सुखदुखका कुरा बुझ्ने हामिलाई फुर्सद त हुने कुरै भएन। कहिलेकाहि खान नमिठो भयो, लुगाकपडा निख्रेन , किचेन फोहर भयो जस्ता उनिप्रतिका सिकायत बाहेक् महिनावारि तलव दिने बेलामा दुईचार कुराहरु हुन्थे त्यो पनि हिसाबको बारेमा। जहिलेपनि गम्भीर देखिने उनिलाई देखेर म सोच्ने गर्थें , साझ बिहानको कामको
चापले थाकेर होला। हुन त मान्छेको एउटा स्वभाबप्रति अभ्यस्त भैसकेपछि उसको लागि त्यो अवस्था सामन्य लाग्नु स्वभाविक नै भयो।
●●● ●●● ●●●
चिया
सिध्याइवरि ढिलो भैसकेकोले म हतारिदै कलेजतिर लागे। सधै झै उहि समय तालिका मा चल्छ हाम्रो कलेज समय। बिहान दुई घन्टा लेक्चर्, त्यसपछि तीन घन्टा वार्ड अनि लन्च र त्यसपछि दोपहरमा पीबीएल र टुटोरिअल क्लास। खालि अलि बढी जागर लाग्ने भनेको दैनिक नया परिवेश देखिने वार्ड् नै प्यारो लाग्छ मलाई। हुन त हाम्रो जस्तो अल्पबिकसित मुलुकमा बिरामिको रोग र त्यसको निदान त एउटै प्रकार्को हुने गर्छ -आज एउटा
बिरामि घर जान्छ भने तेहि रोगको अर्को बिरामि भर्ना हुनेगर्छ त्यहि समस्या लिएर छुट्टै कथाका साथमा। मैले वार्डमा रमाउने पक्ष भनेको बिरामिका रोग तिनको जाच्पड्ताल मात्र नभै तिनिहरुको सामजिक आर्थिक परिवेश र हरेक एउटा नया कथा तर फरक् अनुहार, फरक् परिवेशका साथमा नया अभिनय- Grand New History!
आज मेरो वार्ड लिभिङ्ग परिक्षा छ। करिब तीन् घन्टाकै उभ्याइपछि म आफ्नो आजको बिल्कुल् नया कथा खालि चिकित्सा शब्दमा प्रोफेसरका अगाडि पेश् गर्छु अनि वहाले सोध्नुभएका दुईचार प्र्श्नहरुको जवाफ दिएपछि
' गो एन्ड स्टडि वेल' को आदेश पाएर पुरा हुन्छ। दिउसो करिब सवा एक् बजे तिर वार्ड थिएटरकला सकि म पारिलो घाममा सेकिदै 'हाम्रो घर'मा फर्किन्छु।
साथिहरु अझै फर्केका छैनन, कपडा खोलिवरि हातमुख धोएर म सिधै भान्छाकोठामा छिर्छु। हेर्छु भात- तरकारि पाकेको छ, बिहान नौ बजे पकाएको रिसाएर सिङ्ग र जुरो हालेको।
अलिअलि तरकारि तताउछु अनि खान भनि बस्छु। झोक चल्छ- बिहान तेत्रो चटनि बनाउने भनेर जाचको प्रवाह नगरि ल्याएको, कस्तो टेरपुच्छर् नलगाएको ए बाबा यो दिदिले। एक मनले सोच्छ- धेरै ठाउमा काम् गर्छे त्यहि भएर एस्लाइ पैसा टिप्नुको हतारो छ काम गर्ने इमान्दारिताको होइन। एक् गास सकिनसकि हुल्ने प्रयत्न गर्छु, पटक्कै जादैन- डढेको तरकारि तेहि पनि नुनको खोलो।
साच्चिकै केटाहरु आउलान् र सल्लाह गरेर एस्लाई आजबाटै कामबाट निकाल्दिनु पर्छ। दुई बर्ष देखि काम गरेर पनि एक् दुइ दिन मात्र हैन सधै एस्तै। म अरु खाना खान सक्दिन। सम्झिन्छु- आफ्नो घरमा बस्दाका ति क्षणहरु। आफ्नो समयको त्यो मिठो खाना आमाले बनाएको। बुवा, दाजु अनि दिदिहरु सित बसेर खान खादाको कस्तो रमाइलो। यहा न खाना पस्किएर ल खा भन्ने कोहि छ न किनेर ल्याएको मिठो मसिनो नै राम्ररि पाक्छ - पैसा तिरेपनि। खालि फास्ट्फुड र क्यान्टिनमा अडिएको छ पेटको त्यान्द्रो भान्छमा जति लगानि गरेपनि। म जुरुक्क उठ्छु र झटपट फेरि ट्युटोरिअल क्लास जानको लागि तयार हुन्छु।
साझको क्लासपछि क्यान्टिनमा खाजा खाएर म एक्छिन पुस्तकालय बसि म फेरि 'हाम्रो घर'मा फर्किन्छु। अध्यारो भैसकेको छ र तेस्माथि लोड्सेडिङ। मोबाइल पर्दाको उज्यालोको सहारामा म कोठाभित्र हुलिन्छु र धमिलो प्रकाशसङै म छामछुम गर्दै मैनबत्ति बाल्छु। साथिहरु पहिले नै आइसकेका हुन्छन्। उनिहरु जम्मा हुन्छन्क् र भन्छन्-
आज नि खान नै बनेको छैन। मलाइ रिस उठ्छ। 'एक कल फोन गरिदिए त बाहिर या क्यान्टिन मै खाएर आइन्थ्यो नि', भन्छु। साथिहरु पनि भन्छन् कि उनिहरु पनि भर्खरै आएर केहि नदेखि यहि कुरा गर्दै रहेछन्।
मेरो मनको पनि
राग मेट्न पछि पर्दिन र भन्छु, अब कुक
फेर्नुपर्छ, पैसा दियेपछि त
जो पनि आइहाल्छन नि। बरु अब आउने लाइ २-४ सय बढि दिउला। बेला बेला गायब भैदिने अनि
मिठो पनि नबनाउने येस्ता कुकका कृयाकलाप बाट वाक्क भैसकेका हामि येस् दिदिलाइ
हटाउने र नया कुक खोज्ने निस्कर्षमा पुग्छौ। भोलि बिहान आइहालि भने तेस्लाइ के के
भनेर पठाइदिने त भन्ने कुराको रिहर्सल गरेर आजको बिशेष डिन्नर - चाउचाउ चिउरा तयार
हुन्छ पाच मिनेटमै। त्यो खाइवरि, हामिहरु
आफ्नोआफ्नो कोठामा बडिन्छौ।
●●● ●●● ●●●
भोलिपल्ट पनि दिदि आउदिन। केहि नखाइकनै हमि
कक्षाकोठामा पुग्छौ। देख्छु: आज नयां
पोस्टिङ् शिफ्ट हुने भएको ले केटाहरु तेसै गफिन मै मस्त छन। क्यन्टिनमा समोसा गफमा प्रस्ताव हुन्छ मेरो- "केटाहो हाम्रो कुक त सरै इररेगुलर्लि इरेगुलर्
छ यार्, येस्लाइ हटायेर नया कुक
राख्ने भनेको तिमेरुको कसैको मा छैन काम् गर्ने खाले कोहि?"
सबै जना हास्छन्, " बाबु मिठो मसिनो खाना बनाउने त अझै २-३ बर्स पछि खोज्नु नि,
येतै कतै बाट", एक्जना बोल्छ।
"सबैखाले सेवा दिने, खोज्न त आत्तिनु हुदैन राजा। कि मिठो घरमा खायेउ, कि पछि खाउला, अहिले त जे पाक्छ तेहि खाने नि, भयेन भने बनेको छ नि इन्स्टान्ट पाकेटमा, उपहार सहित, आखीर कारको खाचो तिमिलाइ छदै छ क्यारे, परिहाल्यो भने घुमाउन पनि भैहाल्छ, के लेख्याछ र मर्दको भाग्यमा के था?" अर्को प्याच्च बोल्छ।
क्यन्टीन तेसै गुन्जायमान् हुन्छ।
म भन्छु- " गाइज सिरियेस्लि यार, केहि न केहि त गर्नै पर्छ।"
●●● ●●● ●●●
यसपछिको मेरो कथामुहान, आजको नया वार्ड बच्चा बिभाग तिर लाग्छु।
‘बिल्कुल् नया त होइन बच्चा वार्ड गतसाल् पनि डेढ महिना
पोस्टिङ् भयेथ्यो येहि, केटकेटिहरुसङग
रमाइलो गरेर बितेको थ्यो, तर येस्पालि दामि
पढ्नु पर्छ।‘ नीलो ओ. पि. घाईको किताब्
समातेको मेरो ज्यानको मथिङगल ले भन्छ।
रेस्ट रुम मा बसेका बिशेषग्य सर ले बोलाउछन्-
'न्यु ब्याच?'
'यस सर्' मै प्याच्च
बोल्नुपर्ने।
' सो, टेक हिस्टृ एन्ड डु थोरो एक्सामिनेसन अफ् बेड ४२८, एन्ड सि मि एट १२।'
'ओके सर्।'
देख्छु एउटि अधबैसे आमा आफ्नो बच्चालाइ हेर्दै
खेलाउने असफल् प्रयास गर्दै छे। बच्चा चै सित्कारका साथ रोइरहेको छ- जुन् आवाज ले
पुरा वार्ड नै रङमरियेको छ। आमा चाहि फुल्याउन खोज्छे जसको पिठ्युंको भागमात्र
देख्छु मैले।
म अघि अघि बढेर जान्छु, अरुहरु पनि आउछन्। जब बेडको सम्मुखमा पुग्छु त देख्छु,
तेहि हाम्रो कुक दिदि पो छ बा, बच्चा अलिअलि फुलिइसकेको हुन्छ, तर उनि उस्लाइ मनाउनमै बेस्त हुन्छिन।
म टक्क अडिन्छु, के भनेर बोल्न जाने उनि सम्मुख् जस्तो लाग्छ,
अविभादन् गर्ने आंट आउदैन। हिजो साथिहेरुसङग
येस्लाइ बर्खास्त गर्ने योजना अनि आज केटाहरु सङ गरेको नया कुक खोज्ने याचना।
मनबाट त मैले हिजै हटाइदियिसकेको थिये उनलाइ
मैले जागीर बाट, तर आज के देखेर
उनितिर जान बाट मेरो मनले परहेज गर्छ। म केहि पनि सुन्न छाड्छु, साथिहरु मनेर आइपुगेछन। सायद एप्रोनको भीडमा
पुरिएर भएपनि मलाइ एकैछिन सुरक्षित महसुस हुन्छ। साथिहरु सोध्छन् 'के भयो?'
म अझै अवाक छु।
देख्छु, यति धेरै सेता बस्त्रधारि हरु आफ्नो बेड वरिपरि
देखेपछि, जसरि कुखुरि आफ्नो
चल्लाहरुको सुरक्षा गर्छे, तेसरि नै उनले
पनि त्यो बच्चा लाइ काखमा गुट्मुट्याउन खोज्छिन। प्रष्ट छ, - अलमलको त्यो हेराइ, सायद् मनले भनिरहेको होला, 'मलाइ तिमिहरुसङग भन्ने कुराहरु केहि पनि छैन।'
म सरासर फर्किन्छु-
नर्सिङ् स्टेसनमा र तेहा कुरा गरेपछि थाहा पाउछु, फेब्राइल सिजर छ तेस् बच्चालाइ। उसको बाबु बिदेशमा मजदुरि गर्न
गयेको रे, तर अत्तोपत्तो छैन रे।
आमा चाहि एक्लै बच्चा पाल्दिरहिछ।
मेरो टाउको दुख्न थाल्छ। ओरिपरि फनफनि घुमेको देख्छु। समस्ये,
सम्स्याको भारि भएर त उनले आंट गरेको येत्रो
सङ्घर्ष। बच्चा येत्रो सिरियेस् हुदा आइसियु राख्ने पैसो छैन अब कहाबाट मोबाइल
जोड्नु अनि हामिलाइ- आज खाना बनाउन आउछु, आउदिन भनेर भन्नु? धिक्कार् छ मलाइ-
मानवता मानवता भनेर सबैको दुख बुझ्ने भन्दै दिनदिनै एउटा अर्को मान्छेलाइ ढाढस
दिदै हिड्ने र पीडाको कथामा मल्हम लगाउने
भन्ने मैले आफैलाइ खाना खुवाउने अनि आफ्नैलागि काम गर्दिने को केहि कथा बुझ्न
सकिनछु! बत्तिमुनिको अध्यारो भनेझै औपचारिकताको दुहाइ गर्ने म आफ्नै भान्छे दिदिको
गम्भिर अनुहार् पढन जानिन। मलाइ निकै ग्लानिभुत हुन्छ।
त्यस्पछि म त्यहाबाट 'हाम्रो घर्' तिर फर्कन्छु। कम से कम् आज त भेट गर्ने आंट
छैन मलाई।
●●● ●●● ●●●
केहि बेरमा नै मैले
आफैलाइ भान्छामा खाना बनाइरहेको पाउछुं।
●●● ●●● ●●●
दुई तीन दिनमा मैले केहि
साथिहरुको सहयोग् र आफ्नु अवियानमा केहि रकम जम्म पार्न सफल् भयौ। त्यसबाट केहि
औसधि किनियो। हस्पिटलको समाज कल्याण बिभागमा पनि केहि भन्सुन गरेर छुट मिलाइयो।
●●● ●●● ●●●
बच्चा डिस्चार्ज हुने दिन
मात्र उनले भनिन्, भाइहरुको खाना बनाइदिएर मैले पैसामात्र होइन
पुण्य पनि कमाएकि रहेछुं।
●●● ●●● ●●●
दुखको परेड खेलेर पनि
समस्या नबेचि श्रम बेच्ने हाम्री भान्छे दिदि लाई सलाम!
भरतपुर, भाद्र २५, २०६९।