हालै कान्तिपुरमा प्रकाशित "एप्रोनमै घुमफिर" भन्ने लेखले धेरै चिकित्सक, चिकित्सा पढ्दै गरेका बिध्द्यार्थि र कतिपय जानकार हरुमाझ छलफल अनि हासो ठट्यौलिको विषय बनेको सन्दर्भमा हामिहरुले त्यसको बारेमा केहि बुझ्नु जरुरि छ र यसैले मेडिकल सेतो कोटको औचित्यको बारेमा केहि सामग्री हरु यहा पस्कने जमर्को गरेको छु।
सेतो कोटको इतिहास
सामान्य देखिने तर महिला पुरुष दुबैले लगाउने सेतो कोटको ठुलो रहस्य छ। आज पनि नेपालमा मात्र नभएर विश्वमै सेतो कोट सम्झने बित्तिकै चिकित्सक भन्ने बुझिन्छ, र कैयौ विद्ध्यार्थिहरुको सपना र कैयौ व्यक्तिहरुको यो चासोको विषय छ। कसैको व्यक्तित्व उसको लगाएको पहिरनले पनि झल्काइदिने हुनाले, सेतो कोट बौद्धिक, औपचारिक तथा कार्य या ड्युटिमा रहेको भन्ने मात्र बुझाउने नभएर चिकित्सक हरुको व्यक्तित्व र समग्र पहिचानको पनि यसले उजागर् गर्छ।
सेतो कोट या एप्रोन अठारौ शताब्दि सम्म ल्याबमा काम गर्ने या रसायन् शास्त्रमा काम गर्ने व्यक्ति हरुले मात्र सुरक्षाको लागि लगाउने चलन थियो।{1} चिकित्सक हरुले प्राय कालो खालको कपडा हरु लगाउने गर्दथे।अठारौ शताब्दिको अन्त्य तिर जब सरसफाई अनि मेडिकल सुरक्षा र किटाणुको सन्क्रमणले रोगलाग्छ भन्ने विचारको विकाश भयो, त्यसपछि बिस्तारै स्वास्थ्य क्षेत्रमा काम गर्ने मान्छे हरुले पनि सेतो कोट लगाएर आफ्नो र बिरामिको सुरक्षा गर्नुपर्ने देखियो।
सेतो रङग सुरक्षामात्र नभएर एउटा जीवन र आशाको प्रतिविम्ब गर्ने चिन्ह पनि हो। र त्यसमाथि कोट एक उपचार गर्ने हीलरको पहिचान।
सर्जन्
हरुले सबै भन्दा पहिले अप्रोन लगाउन सुरु गरे। सन १९१५ सम्ममा चिकित्सक हरुले सेतो कोट लगाउने अघोषित नियम जस्तै नै बसिसकेको थियो। {2}
सेतो कोट स्वच्छता, पवित्रता, बौद्धिकताको मात्र चिन्ह नभएर उच्च तापक्रममा किटाणु मार्न सफा गर्दापनि यसको रङग नजाने र कुनैपनि सानो दाग पनि तुरुन्तै थाहा पाउन सकिने हुनाले यो त्यतिबेलाको छनोटमा परेको हुनसक्छ।
मध्य १९०० तिर यो चलन विश्वका धेरै
मुलुक तिर पनि फैल्यो। {३} त्यतिखेर वैग्यानिक हरुले मात्र सेतो कोट लगाउने र आफुनै धेरै बौद्धिक अनि सर्वेसर्वा महसुस गर्ने गरेको र त्यसलाइ च्यालेन्ज गर्न र आफुहरु उपर जनमानसको विश्वसनियता बढाउन डाक्टरहरुले पनि यो कोट को अत्यन्त ब्यापक प्रचलन् गर्न थालेको भनेर बिएमजे मा उल्लेख छ। {४} त्यसैगरि अस्पताल बिरामिले नया जिवन प्राप्त गर्न जाने स्थान हो, मर्न जाने स्थान होइन भनेर् त्यसको पवित्रता र जिवन्ततालाई सेतो रङ्गले इङ्गीत गर्न खोजेको हुनसक्छ।
![]() |
| अठारौ शताब्दिको सर्जरि: एप्रोन लगाएका छन।{गुगल} |
एप्रोनका फाइदा:
बिएमजे करियर ले उल्लेख गरेको एक अध्ययनले
चिकित्सक हरुमाझ (१९९१ मा इङगल्यान्डमा) उनिहरुले किन सेतो कोट लगाउछन
भनेर प्रश्न गरेको थियो, जसमा सबैभन्दा धेरै जनाले चिकित्सक भनेर पहिचान गर्न सजिलो
हुने र सदियौ देखि चलेको चलन भनेर जवाफ गरेका थिए। तर त्यहि अध्ययन को चौथो ठुलो जवाफ
चाहि आफ्नो डाक्टरि स्टाटस देखाउन भन्ने थियो। त्यसैगरि दशौ जवाफ चाहि आफुले सेतो कोट
लगाएर बिरामि र आफुबीचमा मनोवैग्यानिक पर्खाल बनाइ आफ्नो कुरा हरुको प्रभाव बढि पार्न
सकिने हुनाले सेतो कोट लगाएको भन्ने थियो।
जर्नल अफ रोयल सोसाइटि अफ मेडिसिनले गरेको अध्ययनले ७२% चिकित्सकले
हस्पिटलमा हुदाको ७५% समय एप्रोनमा बिताउने बताएकोछ । यो सामान्यतया पहिचानको लागि लगाउने,
सामानहरु एसको खल्तिमा सजिलै राख्न मिल्ने र कपडा सफा राख्न मदत हुनाका लागि लगाइने
एसको निश्कर्ष छ। मनोरोगका डाक्टरहरु तथा बच्चा रोग बिशेषग्यले भने यो एप्रोन लगाउन
नहुने यसको ठम्याइ छ।
आफुले सेतो कोट लगाएको सम्झना गर्दा, मलाइ आधारभुत रुपमा डाक्टरि पढ्दा र सेवा गर्दा मुलत यो लगाउनुका फाइदा हरुलाई यसरि प्रस्तुत गर्न सकिन्छ।
१, डाक्टर भनेर पहिचान् गर्न,
२, आफुलाई बिरामि बाट सर्ने र आफुले बिरामिमा सार्न सकिने किटाणु हरुको सन्क्रमण बाट बच्न बचाउन,
३, ठुला ठुला गोजि हरु हुने हुनाले आफ्ना बिरामि जाच्दा प्रयोग हुने उपकरणहरु बोक्न र राख्न,
४, सेतो रङगमा छिटै दाग देखिने र मैलिएको तुरुन्त थाहा हुने हुदा त्यसबाट बच्न,
५, बौद्धिकताको परिचय, सेतो लुगाले शान्त र मनलाइ आराम दिन्छ। सेतो लुगा लगाउदा मन चन्चल हुदैन। सबै मानिस यस्तो रङ्गमा भद्र र शालीन देखिन्छ।
६, बिरामि हरुसङग आफ्नो प्रभाव
बढाउन।
७, बिध्यार्थि चिकित्सक्
को हकमा
आफ्नो पर्सनालिटि बिस्तार गर्न तथा एउटा आत्मबिश्वास बढाउन र उत्तरदायित्व बोध गर्नको लागि पनि मदत गर्दछ।
८, फेसनेबल: चिकित्सकले भित्र जस्तोसुकै ड्रेस लगाएपनि बाहिर बाट एप्रोन लगाउदा धेरै आफ्नो पोशाक र फेसनको चिन्ता गर्नु पर्दैन।
एप्रोन बेफाइदाहरु:
बिबिसिमा उल्लेख गरेअनुसार, २००७ बाट ब्रीटेनमा एप्रोन लगाउन बन्देज गरिएको थियो । एसले सन्क्रमण फैल्याउने भन्दै त्यहाको सरकारर्ले यो कदम चालेपछि निकै ठुलो बहस भएको थियो। त्यसैगरि स्कटल्यान्डमा पनि चिकित्सकले एप्रोन लगाउदैनन्। अन्य राष्ट्रहरुको हकमा चाहि बच्चा हरु हेर्ने तथा मनोरोगका डाक्टर हरुले अप्रोन लगाउनु हुन्न भन्ने बिबाद चलिरहन्छ। तर खासमा चै कुहिना भन्दा माथि सम्मको एप्रोन लगाएर हुने इन्फेक्सन र नलगाउदा हुने इन्फेक्सन् मा त्यति उल्लेख्य फरक् पाइएको छैन। आइसियु र एचडियुमा हुने डाक्टरहरुले ओटिमा जस्तै स्क्रब ड्रेस लगाउनु पर्ने भनेर कतिपय राष्ट्रहरु तथा हस्पिटल हरुमा नियमन गरिएको हुन्छ।
त्यसैगरि, अर्को एक अध्ययन अनुसार,५६% बिरामिहरुले आफ्ना डाक्टरले एप्रोन पहिरोस् भन्ने चाहान्छन भने २४% डाक्टरले मात्र आफुले एप्रोन पहिरिनुपर्छ भन्ने ठान्दछन। ५४% बिरामि आफ्नो डाक्टरलाई चिन्नको लागि अप्रोन पहिरोस भन्ने ठान्दछन् भने उनिहरुमध्ये १% लाईमात्र एप्रोनले इन्फेक्सन सार्न सक्छ भन्ने थाहा छ।
त्यसैगरि, अर्को एक अध्ययन अनुसार,५६% बिरामिहरुले आफ्ना डाक्टरले एप्रोन पहिरोस् भन्ने चाहान्छन भने २४% डाक्टरले मात्र आफुले एप्रोन पहिरिनुपर्छ भन्ने ठान्दछन। ५४% बिरामि आफ्नो डाक्टरलाई चिन्नको लागि अप्रोन पहिरोस भन्ने ठान्दछन् भने उनिहरुमध्ये १% लाईमात्र एप्रोनले इन्फेक्सन सार्न सक्छ भन्ने थाहा छ।
व्हाइट कोट हाइपर्टेन्सन्: डाक्टरको प्रभावका कारण कतिपय बिरामिहरु
आत्तिएर, जाच्दाखेरि ब्लड प्रेसर बढि देखिन सक्छ, र गलत र नचाहिने औषधिहरुको भार हुनसक्छ।
त्यसैले सबै चिकित्सकहरु रक्तचापको पहिलो पटक अनुसन्धान हुदाखेरि यसको बारेमा सचेत हुनुपर्छ।
व्हाइट कोट सिन्ड्रम: मनोरोगले ग्रस्त बिरामि हरुमा सेतो रङग तथा
कतिपय बिरामि हरु डाक्टर भनेर पहिचान गरेमा
उपचार गराउन नमान्ने हुनसक्ने हुदा मनोचिकित्सक् हरु यसको प्रयोग गर्न हिच्किचाउने
गरेको पनि पाइन्छ।
बालरोग का चिकित्सक हरु पनि बच्चा हरुमा मनोवैग्यानिक असर हुन नदिने,
र राम्रो कम्प्लाएन्सको लागि एप्रोन नलाउने गर्दछन्।
हाम्रो
नेपालमा चाहि मुख्यतया बिध्यार्थि र तन्नेरि डाक्टरहरुले अप्रोन लगाउछन। सिनियर तथा कन्सटेन्ट हरुले त्यति अप्रोन लगाएको देखिदैन। सरकारि अस्पतालको २०-३०% डाक्टरहरुले मात्र अप्रोन लगाएको देखिन्छ।
एप्रोन
मर्यादा:
माथि उल्लेख गरेको भुमिकामा भनेजस्तै एप्रोनको एउटा आफ्नो इतिहास भएको र यसको आफ्नो मर्यादा भएको हुनाले गर्दा चिकित्सकहरुले यसको आफै मान गर्नु र त्यस अनुसारर्को जिम्मेवारपुर्ण व्यबहार देखाउनु जरुरि हुन्छ। चिकित्साका विध्यार्थि हरुले बितेका केहि वर्षहरुमा यसको बुझेर या नबुझेर यसको मानमर्दन् भएको साचो हो। जसरि जनमानसमा यस पेशाप्रति निश्ठा, विश्वास र सम्मान छ, त्यसको लागि पेशाप्रति इमान्दार हुनेले यदि एप्रोन लगाउछ भने त्यसको मर्यादा भित्र रहनु पनि पर्छ। अस्पताल परिसरभन्दा बाहिर एप्रोनमा घुम्नु, अरुलाई उपदेश दिनेले चुरोट , पानिपुरि खादै (एप्रोनमै) हिड्नु पक्कै पनि अशोभनिय नै हो।
कोटको लम्बाइ:
सामान्यतया विध्यार्थिहरुले छोटो र चिटिक्क परेको
सेतोकोट लाउछन भने जति सिनियर हुन्छन उनिहरुले लामो र घुडा भेट्ने कोट लगाएको पाइन्छ।
डाक्टर भर्सेज नर्स:
पुरुष नर्सहरु अत्यन्त कम भएको हाम्रो
देशमा, कतिपय अवस्थामा महिला डाक्टरहरु र नर्स हरु को पहिचान गर्न गारो हुन्छ। सेतो
कोट स्वास्थ्य पेशाको कमन चिन्ह भएकोले गर्दा, को के हो भन्ने चिन्न समस्या पर्छ। फेरि
आफ्नो परिचय पत्र बाहिर राख्ने सस्कृंति पनि हाम्रोमा निकै कम छ। त्यसैले कतिपय महिला
डाक्टर हरु "सिस्टर" भनेर सम्बोधन गरिनु, उनिहरुप्रति कम बिस्वास भएजस्तो
ब्यबहार देखिनु पनि समान्य भयो। तर आजकालको प्रचलन् हेर्दाखेरि डाक्टर महिलाले घाटिमा
आला चै अनिवार्य रुपमा राखेका हुन्छन, तर सिस्टरहरुले प्राय राख्दैनन।
र अन्त्यमा:
डाक्टरि पढ्ने होस या डाक्टरै होस या अरु नर्स, प्यारमेडिक कोहि
होस, आफ्नो अनुशासन आफैले निर्बाह गर्नुपर्ने हुन्छ। हस्पिटल परिसरभन्दा बाहिर एप्रोन
लगाएर घुमफिर गर्ने र असभ्य देखिने कार्य गरेमा जनमानसमा डाक्टरि पेशाप्रति पक्कै पनि
इज्जत घट्ने र आस्था कम हुन जाने स्वभाबिक हो। समाजको चेतनशील र प्रबुद्ध कहलाइएका
यस्तो जिम्मेवार पेशामा आबद्ध व्यक्ति हरुले आफ्नो पहिचान कामले देखाउनु पर्छ न कि
कपडा या अरु कुनै तरिकाले। आफु स्थानमानमा रहेपछि अरुले पनि सम्मान दिन्छ र बिश्वास
गर्छ।
त्यसै गरि राष्ट्रको चौथो अङ्ग पत्रकारिता गर्ने मान्छे हरुले पनि
समयको माग अनुसारको खोज पत्रकारिता गर्नु जरुरि देखिन्छ। अफवाह फैलाउने र व्यवसायिक
रुपले मात्र प्रेरित भएर समाचार बनाउने भन्दा पनि खोजमुलक र प्रेरणामुलक पेशा निर्बाह
गर्नु जरुरि देखिन्छ, जसले भोलि गएर समाजमा राम्रो छाप छोडोस, देशले विसङ्गति र भ्रष्ट्रचारबाट
मुक्ति पाओस्।
