Wednesday, May 7, 2014

नयां कविता (सोसलमेडिया)

हामि
हाय सबैजना भुलिरहेछौ अचेल
हातेफोन र सुसान्ख्यमा;
बिर्सिरहेछौ कृत्रीम केहि सम्बन्धको
तौलमा असन्ख्यमा।

जन्मिने बच्चाले अचेल्
मुख हेरिदा फोटो खिच्न पाउछ;
सुत्केरि हुदा प्रसब पीडामा
फेसबुक छट्पटाउछ।

ट्विटरका समय रेखामा
ओकलिन्छन गोयलाका फुलहरु;
हाय कस्तो सुकेछन
जिवन्त सम्बन्धका मुलहरु।।

बाटो बिराए बटुवाले
गुगलिन्छ गोजिमा;
बोल्दैन , सोध्दैन कहा जाने?
घोत्लिन्छ नक्सा-खोजिमा।

पहिले अवसरहरु सम्झना हुन्थ्यो;
खुसिमा तस्वीर खिचिन्थे।
अहिले सम्झनलाई अवसर बन्छन्;
तस्वीर खिच्नलाई खुसि देखिन्छन।

चुनौति मेरो समाजलाई,
स्कुले बच्चालाई खुसि पार्नु दुइ घण्टा;
मोबाइल, टीभि, कम्प्युटर  नदियि
छैन भविष्यको टण्टा।


Bharatpur-10, Chitwan. Feb 10, 2014