१८ वर्षको एक् सोझो जनजाति केटा मेरो ओपिडिमा, दुबै हातलाई फोहोर् प्लस्टिकले पोको पारेको लिएर आयो। सम्झें, सानोछदा हामि तिउरि लगाएर रातभरि कर्कलाको पातले यस्तै पोको पारेर सुत्थ्यौ। तर होइन रहेछ, पोको खोल्न लगाएं, हेरे, मेरा आखा बाट झन्डै आसु आए।
त्यो भन्दा दर्दनाक् कथा सुनायो उस्ले जसरि यो कलिलो उमेरमा उस्का यि दुबै हात्को यो अवस्था पुगेको थियो।
जब उ ती हातका पोकाहरु बिस्तारै खोल्दै थियो, नमिठो गन्ध बढ्दै गैराखेको थियो, मलाई लाग्यो उस्को कुनै भवितव्यमा घाउ भएको हुनुपर्छ, जस्को उ ड्रेसिङ गर्न आएको होला। जब उसले पुरै हात खोल्यो, मेरो अगाडि त्यो निरिह प्राणिका ती दुइटा हातहरु, झन्डै झन्डै बिदा मागिरहेका जस्ता देखे।
मैले सोधे," भाइ , यो कसरि भएको?'
उस्ले उत्तर छोटकरिमा दिन खोज्यो, " तातो पानिले पोलेको हो डाक्टरसाब।'
मलाई ताजुब लाग्यो , होइन यस्तो भुस्तिघ्रे मान्छे लाई कस्तो हात बाधेर तातो पानिमा डुबाए जस्तो गरि दुबै हात् पोलेको होला?
फेरि सोधे, " काम के गर्छौ भाइ?'
फेरि उ धेरै बोल्न खोजेन- ' होटेलमा गर्थे, अहिले त केहि गर्दिन।
म भने त्यस्तो कसरि भयो भनेर उस्को व्यथाको इतिहास जान्न चाहिरहेको थिए। असल चिकित्सकले, बिरामिको पीडाको कथामात्र नभएर, पुरा समस्याको इतिहास जाच्नु र केलाउनु जरुरि हुन्छ।
उसले विस्तारै भन्यो। 'डाक्टरसाब, मेरो यो पोलेको १० दिन जति भयो। होटेलमा काम गर्दाखेरि तातो पानिको भाडो उछिट्टिएर यस्तो भयो।'
उ जुरुक्क उठ्यो र भन्न थाल्यो, ' म लखनउको एउटा होटेलमा बेराको रुपमा काम गर्थे। साहुले किचनको काम पनि उत्तिकै लगाउथ्यो। म २५ लिटरको डेक्चिमा तातो पानी लिएर जुरुक्क उचालेर अलिकति पर सार्न खोज्दै थिए, खुट्टो चिप्लिहाल्यो र सारा पानी पोखियो, मेरो हातमा, खुट्टामा अनि, अलिकति ज्यानमा। म आत्तिदै बाथरुममा गएर चिसो पानीले पखाल्न थाले, तर उत्निखेरै फोका उठ्न र धेरै दुख्न थाल्यो।
म निकै रन्थनिए।
साहु रिसले मुर्मुरिदै आयो र मलाइ एक लात गोद्यो र भन्यो, 'तेरा बापका पानी , ग्यास है क्या- बद्तमिजि कर्ता है! क्या रो रहा है, अब तुरुन्त आजा काम पे, नहि तो पैसे भर्वाउङ्गा।'
म डराउदै, जुरुक्क उठेर गए, तर, हातहरु झन भन्दा झन् दुख्न लाग्यो, असैह्य भएपछि त लाग्दो रहेछ, मेरो हातै खस्यो जस्तो।
त्यसपछि म केहि गर्न सकिन र छिडि जस्तो कोठामा गएर सुतिरहेको थिए।
साहु फेरि आयो र चिच्यायो, 'बहादुर, तु क्या कर् रहा है?'
म बोले, ' बैठ रहा हु मालिक, ये बहुत दरद् हो रहा है मालिक, हस्पिटल जाना पडेगा।'
' तुझे खुवाके, मस्ति करके पालनेके लाया हु इधर्? तुरुन्त वर्तन साफ् कर्ने चल्।' उसले तान्यो र भन्यो।
मेरो हात झिलझिल फोकाले भरिसकेको थियो। उसले देख्यो र अर्डरकै शैलिमा मलाइ दुत्कार्यो,' तु चलिजा बहादुर, तेरा अभि इधर कोहि काम नहि है। मै पैसा देता हु इलाज तेरे नेपालमे हि जाके करवालेना।' सायद् उ सम्भाव्य मुसिवतलाई पन्छाउन खोज्दै थियो।
'ये वहा जानेतक बर्बाद होगा साहु जि। मै इधर हि इलाज करवाता हुं।' मैले भने। उसले एकछिन पनि लखनउको वरिपरि देखिए मलाई नराम्रो हुने भन्दै थर्कायो, र १५सय भारु, र मेरो अघिल्लो महिनाको तलव् ५००० गरि ६५०० भुइमा फालिदिएर गयो।
म बिछिप्त भए, त्यहा मैले चिनेको कोहि पनि थिएन, र अरु काम गर्ने हरु सङग पनि त्यस्तो मिल्ने कोहि थिएन, सबैले बहादुर् भनेर हेप्ने गर्थे।
म बल्लतल्ल अलिकति कुटुरो पारेर झोला बनाए र हिडे। त्यस्को दुइ दिनमा म आफ्नो घरमा आइपुगे। घरमा पनि उस्तै बिजोग भएको कारणले गर्दा एक दुइ दिन् म यहा पनि आउन सकिन डाक्-साब। '
उ घिक्का छोड्ला जस्तो गर्यो मैले एकटकले उसको अनुहारमा हेरिरहन सकिन।
उ त्यस पछि केहि बोलेन। मैले भने, 'तिमिले त्यहि उपचार् गरेर आउनुपर्थ्यो नि भाई।'
' सर, म सोझो मान्छे, बहादुर् भनेपनि अर्काको ठाममा धम्कि खाइखाइ कसरि बस्न सकिन्च र? अनि मलाई आफ्नो माया भन्दा पनि एक् वर्षपछि घर भेट्न खुब् मन लागिरहेको थियो। त्यसैले म आए। घरमा आउदा त एस्तो बिजोग छ, त्यसैले ढिलो भयो सर।'
मैले केहि उत्तर दिन सकिन।
' त्यति थोरै पैसामा पनि मान्ने हो त भाइ, १५००मा त तिम्रो ल्याबको जाच पनि हुदैन, उपचार त परै छोड। त्यसमाथि तिम्रो यो छालाभन्दा धेरै भित्र सम्म जलेको छ, निको हुन धेरै समय लाग्छ, नशाबाट दबाइ दिनुपर्छ, भर्ना भएर औषधि गर्नुपर्छ, तिम्रो त्यसमाथि ठूलो सन्क्रमण भइसकेको छ। छाला अन्यत्र बाट ल्याएर त्यहा जोडेर अपरेशन गर्नुपर्ने पनि हुन्छ। त्यसैले तपाई सामान्य सफाइ गराएर ठुलो अस्पताल गैहाल्नुस, मैले एकै सास मा भने।
उसले कति बुझ्यो बुझेन कुन्नि, उस्को चिन्ता आफ्नो ज्यानको भविष्यमा भन्दापनि उस्को परिवारमा थियो र भन्यो, 'खाने, लगाउने मलम दबाइले हुदैन सर्?'
म असजिलो मान्दै भने, हेर भाइ, तपाइको समस्या हेरेर जे राम्रो हुन्छ त्यहि भन्ने, गर्ने हो हामिले, दबाई दे'र मात्र हुनेभए, यहि राख्थें, अप्रेशन गर्न पर्यो भने यहा छैन। रिनधन् गरेर भए पनि जाउ अहिले, हात राम्रो भएपछि तिरौला।
मैले मेरो पर्सतिर हात बढाए र केहि सहयोग स्वरुप पैसा दिए, अनि ड्रेसिङ्ग गरिदिएर उसलाई बिदा गरे।
तर अन्तिम सम्म मेरो मनमा खट्किरह्यो;
'हाम्रा कति धेरै दाजुभाइ हरु विदेश- भारतमा गएर यसरि नै हेपाई सहेर परिवारको खुसिका लागि पीडा सहन मजबुर छन। खै हामि केहि गर्न सक्छौ कि?'
