थियो समय त्यो
जहा म,
सबैमा सानो हुन पाउथें,
खुसिमा रानो हुन पाउथें,
हरेक मीठोमा भाग खोज्न पाउथें,
राम्रोमा छानि रोज्न पाउथें
समस्यामा पन्छिन पाउथें,
उमङगमा फन्किन पाउथें,
रीसमा सन्किन पाउथें,
घमण्डमा ठुलो बन्न पाउथें,
तैपनि ख्याल टन्न पाउथें।
पीडामा धेरै रुन पाउथें,
सबैको आफ्नो हुन पाउथें,
डाहले जल्न पाउथें,
मायाले फल्न पाउथें,
भन्थे पुल्पुलिएको मोरो।
आज मान्छे उस्तै हुन, केहि थपिए, केहि बिलाए।
भन्छन्,
ठुलो भयो मोरो।।
न सानो हुन सक्छु,
न रानो हुन सक्छु।
न भाग खोज्न पाउछु,
न छानि रोज्न पाउछु।
न समस्याबाट पन्छिन मिल्छ,
न खुसिले फन्किन मिल्छ।
न सबैको मायाले पुरिन्छ,
न सबैको हुन सकिन्छ।।
तैपनि मन न हो,
सधै सानो बन्न खोज्छ,
हिरो रानो बन्न खोज्छ।
भाग खोज्छ, राम्रो रोज्छ,
डाहले जल्छ, पीडाले पोल्छ,
आनन्दमा भुल्छ, मायामा डुल्छ।
सबैको हो कि मेरो मात्र हो केटाकेटि मन?
२०७१, मङ्सिर, १६।
प्राथमिक स्वास्थ्य केन्द्र, ताहूं, पाल्पा।
जहा म,
सबैमा सानो हुन पाउथें,
खुसिमा रानो हुन पाउथें,
हरेक मीठोमा भाग खोज्न पाउथें,
राम्रोमा छानि रोज्न पाउथें
समस्यामा पन्छिन पाउथें,
उमङगमा फन्किन पाउथें,
रीसमा सन्किन पाउथें,
घमण्डमा ठुलो बन्न पाउथें,
तैपनि ख्याल टन्न पाउथें।
पीडामा धेरै रुन पाउथें,
सबैको आफ्नो हुन पाउथें,
डाहले जल्न पाउथें,
मायाले फल्न पाउथें,
भन्थे पुल्पुलिएको मोरो।
आज मान्छे उस्तै हुन, केहि थपिए, केहि बिलाए।
भन्छन्,
ठुलो भयो मोरो।।
न सानो हुन सक्छु,
न रानो हुन सक्छु।
न भाग खोज्न पाउछु,
न छानि रोज्न पाउछु।
न समस्याबाट पन्छिन मिल्छ,
न खुसिले फन्किन मिल्छ।
न सबैको मायाले पुरिन्छ,
न सबैको हुन सकिन्छ।।
तैपनि मन न हो,
सधै सानो बन्न खोज्छ,
हिरो रानो बन्न खोज्छ।
भाग खोज्छ, राम्रो रोज्छ,
डाहले जल्छ, पीडाले पोल्छ,
आनन्दमा भुल्छ, मायामा डुल्छ।
सबैको हो कि मेरो मात्र हो केटाकेटि मन?
२०७१, मङ्सिर, १६।
प्राथमिक स्वास्थ्य केन्द्र, ताहूं, पाल्पा।