Wednesday, December 31, 2014

आत्मलापले पोखेका प्रभावहरू


                                                          - राजु पौडेल
       दशैको पूर्वसन्ध्यामा प्रकाशित दुई आत्मलापहरु विजय कुमारको ‘खुशी’ र  रुक्माङ्गद कटवालको ‘आत्मकथा’ ले निक्कै चर्चा पाए | राधा पौडेलले  यूद्ध अनुभवलाई संगालेर लेखेको कृति ‘खलंगामा हमला’ लाइ यहि समयमा मदन पुरस्कार २०७० ले पुरस्कृत गरेपछि बिज्ञ पाठकको हातमा अर्को उस्तै प्रकृतिको कृति थपियो | चर्चा संगैको दशैंको मेसो पैसा र समयको उपलब्धतालाई समेत हृदयंगम  गर्दै धेरै पाठकले यी कृतिहरु खरिद गरे | कामना गरु सबैले पढुन! पाठक अनुभब यीनै तीन कृतिमा समर्पित हुनेछ|
     कृतिको प्रसव बेदना विजयले खुशीको शुरुमै पोखेका छन | अत: उनि यसका स्वलेखक पनि हुन | जर्नेल साबको लेखनीमा गतिलो संगत मिलेकाले सायद विजयको प्रसव बेदना उनले कमै गर्न पाए | एउटी नर्सको डायरी जुन काम ,कर्म र प्रेरणाले ओतप्रोत छ लाग्छ विज्ञ पाठक सबैलाई एकै वसाईले अर्को-अर्को अध्ययनको लागि  प्रेरित गरिहन्छ |
     हिन्दुस्थानको ‘हुडहुड’ को प्रभाव काठमाडौँको आकाश कालो थियो | प्रारम्भको चिसो परिवर्तित मौसमलाई संकेत गर्दैथ्यो | भन्छन राजनीतिमा हिन्दुस्थानको प्रभाव छ होइन रहेछ प्रकृतिको पनि सिधै प्रभाव पर्दोरहेछ | यहि मौसमको एक झम्के साँझ कार्यालयबाट घर फर्किदै थिए | संयोगले निवास झलमल्ल थियो | खुशी हुनुपर्ने ! बाहिर लब्बिमै गाढा निलो रंगको किताब देखे ,सोचे तख्ताबाट वाहिरिएछ |’अंकल’ मैले यो किताब पढ्न थालेको ,,,? मेरो प्रतिबाद केहि थिएन | नियमित काममा अभ्यस्त हुदै गर्दा सोचे | चिकित्सा शास्त्रकी अब्बल छात्रा सम्बन्धित पेशागत जीवनीमा यो उपयोगी होला एउटी नर्सको डायरी ‘खलंगामा हमला’ पढ्न सुझाए तर दुर्भाग्य उक्त कृति मेरो तख्ताबाट पहिलेनै बहिरिएको रहेछ | यो सिफारिसमा मेरा निश्चित कारणहरु छन | पहिलो त कृति अध्ययन गर्न लाग्ने समय, दोश्रो अध्ययन पश्चात् उनले प्राप्त गर्ने ज्ञान र प्रेरणा र तेश्रो प्राप्त ज्ञान र प्रेरणालाई ब्यबहारमा ल्याउन सक्ने अवसर र क्षमता | उनको हकमा यी तिनै करणबाट यो सिफारिस न्यायिक छ |
          पाठकहरुले पुस्तकको आयतनलाई पनि ख्याल गर्नु पर्ने रहेछ | पाठक अम्मली नै भएपनि पुस्तक पढ्न लाग्ने समयलाई पहिला ख्याल गर्छ | यसमा लाग्ने लागतले पनि निक्कै अर्थ राख्छ | पुस्तकको आयतन घट्ने बित्तिकै लागत र अध्ययन अबधि घट्छ | अर्थशास्त्रको प्रभाव | मुस्किलले एक सय पचास पृष्ठमा सिमित रहेर आफनो विचार पोख्ने फ्रेन्च उपन्यासकार प्याट्रिक मोदियानो भर्खरै नोबेल साहित्य पुरस्कारबाट सम्मानित भए | हामी संग मूल्यांकन गर्ने औपचारिक निकाय पनि बिध्यमान छन हामी सामान्य पाठक अध्ययनमा खर्चेको अवधिलाई राम्रै काममा लगाइयो भन्न पाए औपचारिक निकायले गर्ने मूल्यांकनमा सकारात्मक प्रभाव  पुग्थ्यो |
खुशीसंगको झन्डै एघार घण्टे बसाई मलाई कुनै अफसोच छैन | कृतिको नाम खुशी बाहेक अर्थोक खल्लो हुन्थ्यो यधपी बिजयले यसको आयतनलाई भारी कटौती गर्न सक्थे | नितान्त व्यक्तिगत जीवनका कुराहरु श्रीमतीले श्रीमानकै पनि नसुनेको  बेश हुन्छ | यस्ता कुराले बाँकी सम्बन्धमा दरार ल्याउछ भन्ने मनोवेत्ताको राय छ | खुशीको हकमा विजयले प्रस्तुत गरेका पात्रहरु र उनीहरु संगको बाँकी सम्बन्धका वारेमा उनीनै जिम्मेवार होऊन  | हामी पाठकलाई व्यक्तिगत सम्बन्ध निकटकै भएपनि कुटनीतिक केन्द्रको लब्बिमा पाएको अनौपचारिक न्यानो आथित्यतालाई लुकाएकै भए बेश भन्ने लागेको मात्र हो | यस्तो सार्बजनीकिकरणले बिजय जस्तै अर्को कुनै ‘अजय’लाई तिनै लब्बिमा फेरी पहुँच मिल्ला नमिल्ला भन्न सकिन्न | लेखकीय मर्यादाको यस विशिष्ट अवस्थालाई बिजयले बुझेका भए पुस्तकको आयतन र थप लेखनीमा राम्रो प्रभाव पर्थ्यो | खुशी पढ्दा लाग्छ बिजय स्वभावगत आध्यात्मिक चेतना प्रति प्रविष्ट हुदै छन | कैयनले उनको स्वाभिमानी र हठी स्वभावलाई पुस्तक प्रतिक्षाया सम्झन्छन् | आफनो व्यक्तिगत लाभका लागि कसैको लब्बी कुर्ने झर्को लाग्दो कार्यमा उनि कहिल्यै अभ्यस्त रहेनन् फलत उनि सम्मानित चौथो अंगको अब्बल पात्रको रुपमा टिकिरहेका छन् | तै पनि विजय तिमीले हाम्रो संस्कारले चिनाउदै आएका पुज्य र सम्मानित शब्दप्रति न्याय गर्ने सकेनौ तिम्रो स्वतन्त्रता हो तर, ‘ईजा’लाई तिमीले ‘आमा’ नै भन्नु पर्थ्यो |  खुशीका दुवै ढोका बन्द हुदा तिमीले खुशी शिर्षकमा समेटेका गहन कार्यहरु समस्त पाठकको लागि ज्ञान र प्रेरणा हुन् | मेडियाका मुर्धन्य तिमी आवरण सजावटमा आफुलाई नउतारेका  भए पनि विजय नै हुन्थ्यौ |
               घुरमैलो आवरणमा सजिएको पुस्तक बजारमा आउदा नआउदै वीवीसी  नेपाली सेवाको सांझ पखमा जर्नेल साबले एउटा यक्ष प्रश्नको सामना गरे के सरकारी सेवाको उच्चतम ओहोदावाट निबृत भएको पाँच  बर्ष बित्दा नबित्दै आफनो यस्तो अनुभवलाई सार्बजनिक गर्न मिल्छ ? प्राय दोब्रिने प्रश्न हुन्छन उनका तर उनि दोब्रिएनन् | पुस्तकको शुरुका पैचालिस पृष्ठको साक्षी म प्रवासमा थिए त्यतिखेर, झन्डै १० घण्टे साक्षात्तकार यहींबाट शुरु गरे | प्रश्न जे भए पनि म जस्ता धेरै पाठक यसको ब्यग्र प्रतिक्षामा थियौ | संगत भएका सबैको उछितो काढ्ने उनि लाग्छ सधै अपराजित छन् | तत्कालिन समयको सर्बशक्तिमान निगाहालाई औपचारिकतामा टुंग्याउछन् | होला त ? कसैको गुणलाई ऋण सम्झनु किस्ता किस्ता हर्जना सहित भुक्तानी गर्नु पर्छ भन्छन आग्रजले हामीलाई | यस्सो सम्झे स्नातक हुने ताका गुरुलाई एउटा प्रश्न गरेको थिए ‘ह्वाट ईज न्युज सर?’ मूलत पुनराबृतिको कक्षा थियो यो, सम्मुखको परिक्षा एउटा आशालाग्दो विधार्थीबाट यस्तो सिल्ली प्रश्नको उत्तरमा गुरुको चेहेरा बदलियो नेपालीमा भन्नुभो ‘कुकुरले मान्छे टोक्यो समाचार बन्दैन ,मान्छेले कुकुर टोक्यो समाचार त्यहि हो ’| धेरै अंग्रेजी शब्दावलीको प्रयोग सहित गुरुले मलाई नै क्वार्र-क्वार्रती हेर्दै प्रष्टयाउनु भो | संयोगले परिक्षामा त्यहि प्रश्न लामो उत्तर लेख्नु पर्ने गरी आयो | हामी मध्य अधिकांशले त्यहि बिषयको अर्को परिक्षा सामना गर्नु परेन | गुरुको निशानामा म थिए लाभ सबैले एकसाथ उठाए | मुलत यो शैनिक जानकारी  मेरा लागि पैचालिस पृष्ठमा पोखिएको कथाभन्दा अगाडी कुनै चासोको विषय थिएन | अघि बढे, कर्तव्यच्युत हुदै गरेको तत्कालिन समयमा आफनो कर्तव्यलाई निष्ठापूर्वक निभ्याएका छन् जर्नेल साबले  | तत्कालिन समयको विषम परिस्थितिलाई सम्हाल्ने उनि एकमात्र पात्र होइनन् तर मुख्य पात्र भने अबश्य हुन् | संगठनको ढांचा, संरचना, प्रकृति र जर्नेल साबको व्यक्तिगत स्वभाब  हेर्दा लाग्छ त्यतिखेर उनि वाहेक अर्कोले त्यो शैनिक विरासतालाई धान्न सक्थेन तर कुकुरले मान्छे टोकेका सन्देश पोखेर पुस्तकको आयतनलाई बढाउनु भन्दा त्यस्तो विषम परिस्थितिमा उनले प्राप्त गरेको छिमेकी आत्मबललाई उजागर गरेको भए देबनागरी लिपि बुझ्ने सबैको तख्तामा हजुरले बास पाउनु हुन्थ्यो | जर्नेल साब तालिमको क्रममा तपाई विदेशको आकाशमा हराउनु भो रे ! त्यहि स्केचले आवरण पृष्ठलाई सज्जाएको भए सायद नेपाली शैनिक ईतिहासको मूर्धन्य कोलाज बन्थ्यो होला | एउटै शिरान गरेर  सुतेपछि लात लाग्छ | एउटै मैदानमा परेड खेल्दा सिपाहीको खुट्टाले उडाएको धुलोले जर्नेलको जुत्ता फोहोर हुन्छ | यी प्राविधिक  कठिनाई हुन जीवनका | तपाइको नियमन निकाय  हाम्रो पनि आस्था र धरोहरको केन्द्र हो जतिनै विछिप्त भएपनि त्यो त्यहि हो जो निरीह हुनु हुदैन | तपाइको संस्मरणमा त्यसलाई अझ अब्बल बनाउन खोजेको भए सायद मेरो कुनै अर्को भाईभतिजालाई तपाइको पुस्तक खोजि खोजि थमाउथे |
              ब्राजिलियन उपन्यासकार पाउलो कोहेलो भन्छन ‘लम्बेतान ब्याख्या गरेर समय खेर नफाल मानिसहरु उनीहरुले चाहेको मात्र सुन्छन’ | राधा पौडेललाई चिन्दिन म सायद कोहेलोलाई उनले पनि , तर ‘खलंगामा हमला’ लाई मदन पुरस्कार गुठीले चिनेछ, चिनाएको पनि | सायद कोहेलोको विचारलाई राधाले पनि चिनेकी छन्  र अव चिनाउने जिम्मा पनि उनैको हुनेछ | आवरण सजावटले  नै यो कृतिको नामलाई पुष्टि गर्छ, आखिर यो पनि आत्मलाप नै हो | न्यूनतम आवश्यकताको पूर्ति मात्र गर्न सक्ने सामान्य परिवारमा जन्मिएकी यो नारीको यूद्ध साहित्यसंगै नेपालको भुगोल , यूद्धका बाछिटा , यूद्धका नियम ,नेपालीको पारस्परिक पारिवारिक मित्रता,नारी अधिकार र कर्तब्य परायणता एकसाथ प्रस्तुत  भएका छन | म भन्दिन उनको कृति खोटमुक्त होला तर पुस्तकको आयतन र प्रस्तुति त्यतिमै सिमित छ जति कथाले माग गरेको हो |
तख्ताबाट यी कृतिहरुको वारम्बारको आवत-जावतले मेरो मन हलुङ्गो भएको छ | सायद संगती बाक्लिएको छ | नेपाली साहित्यको बजार फराकिलो भएको छ | बिधार्थी जीवनको उत्तरार्द्ध तिर किर्तिपुर बिश्वविधालय परिसरमा अलिक परिपक्व गुरुलाई सोधेको थिए  गुरु जीवन के रछ?उहाँले भन्नुभो हेर बाबु यो सारा जगतले तिमीलाई हराउन खोज्छ तिमीले प्रश्न गर्यौ अकमक परोस गुरु हारोस भन्छौ | तिमीले जित्न खोज्न पर्छ त्यो हो जीवन ,जित्यौ त्यो सफल जीवन, हार्यौ ‘आजीवन’ | मुर्तिकारले एउटा ढुंगाबाट अनावश्यक सबै झिकिसकेपछिको बाँकि भाग मुर्ति हो| मुर्तिको निखारमा निकालिएको भागको पनि भूमिका हुन्छ तर त्यसलाई कसैले हेर्दैन | आखिर इतिहास जित्नेले लेख्ने हो |  हरेक पाठकका आ-आफनै अनुभूति हुन्छन् | प्रगतिशील र प्रयोगशील सबै पाठकले कृतिको निखारमा आफनो प्रतिक्रिया केन्द्रित गर्छ    यी कृतिहरु पढदा ती गुरु सहित बिश्वविधालय परिसर  सजीव भएको छ | जीवन, सफल जीवन र आजीवन सबैका आ-आफनै भोगाईको निखार आम पाठकको चाहना हुन्छ यी सबैलाई लेखनीको दायरामा ल्याउन सके समग्र नेपाली साहित्यको विजय हुनेथियो |
                                                             धन्यवाद !

About author
Mr. Paudel,  is a freelancer and a banker.
He writes on current affairs related to finance, remittance, economics, politics and literature. You can meet him at
rajuatripta@gmail.com
.