Thursday, February 27, 2014

सानो भान्जा म (कथा)

       तिनताका म करिब् छ बर्षको हुदो हुं। दुई कक्षामा पढ्थे। कुरा असोज महिनाको हुनुपर्छ, भर्खर् दशै सकिएको थियो, तिहार आइसकेको थिएन, गाउभरिको सबैभन्दा बुढोघर हुनाले धेरै चहलपहल् हुनेहुदा दशैमा मलाई मावलि जानुभन्दा पनि घरमै रमाइलो लाग्थ्यो र लाग्छ।  दिदि, भिनाजुहरु, फुपुहरु, भान्जा-भान्जिहरु, गाउका गन्यमान्यहरु सबै हाम्रो घरमा भेला हुने, खसि ढालिने हुदा दशैको रौनकता अझ बढेजस्तो लाग्थ्यो। त्यससालको दशै पनि एबम रीतले बित्यो।

        पूर्णिमाको अर्को दिन थियो क्यार सायद। मावलिमा ठुलो मामा अत्यन्त बिरामि भएको खबर आयो। त्यसबेला अहिले जस्तो मोबाइल र नेट पनि थिएन। आमा अत्यन्त चिन्ता मान्नु भयो। अर्को दिन सबेरै आमा मावलि जाने भन्नु भयो। कान्छो छोरो म, आमालाई कहिले पनि छोडेको थिएन, त्यसैले स्वभाबिक् रुपले म पछ्याएरै भएपनि आमासङग जाने मनस्थिति बनाएको थिए। आमा चै हतारमा जाने, भेटेर केहि दिनमै फर्किने भनेर बुवा र दिदिहरुसङग  मलाई फकाइतुल्याइ छोडेर जाने भन्दै हुनुहुन्थ्यो। म ढिपि छोड्दै छोडिन। आमा म फुच्चेलाई पनि साथ् लिएर जान बाध्य हुनुभो। हिड्दै जानुपर्ने, त्यो पनि बीचमा ठुलो रिडिखोलाको बगरै बगर , अनि त्यसमाथि दिगामको उकालो, त्यो तानासर्माको घनघस्याको उकालो भन्दा कम छैन अझैपनि। अहिले त निकै घुम्ति र फेरो पारेर गाउका पनि घर घर मा गाडि पुगेको रहेछ, तर त्यसबेला त्यो उकालो काट्न लगभग ४-५ घन्टा लाग्यो, अहिले गए भने त दिनै बित्छ होला।
      दिनभरिको उकालो-ओरालो बाटो, त्यो पनि म फुच्चे रहर अनि आमालाई नछोड्न मन लागेको हुनाले बाटोमा आमालाइ देखाउन भएपनि खुब हिड्ने प्रयास गरे। साझपख मामाघर पुगियो, म त निकै लखतरान भएको थिए। मामालाई अत्यन्त सकस भएको हुनाले दलानमा राखिएको थियो। वरिपरि मामा हरु, माइजुहरु, दाइ-भाउजुहरु बसेका थिए। आमाले बोलेपछिमात्र बिरामि मामाले चिन्नुभयो होला वहालाई, अनि रुदै अङगालो हाल्नुभो।  एक त आमा एकमात्र बहिनि, त्यसमाथि धेरै दिनदेखि नदेखेको अनि त्यो मृत्युशैयाको भेट। मामालाई हनहनि ज्वरो आइरहेको र, स्वाश्प्रस्वाशको समस्या हुनाले गर्दा बोल्न सक्नुभएन, गला अवरुध्ध भयो, बर्बराउनुभो।आमा डाको छोडेर नै रुनुभयो।  मैले जीवनमा पहिलोचोटि आमालाई त्यसरि रोएको देखे। सङगै बस्नुभएको माइजुहरु पनि खप्न सक्नु भएन र रुन थाल्नुभयो।  सार्है असमन्जसको र बीरादको क्षण भयो त्यहा।  यस्तो कारुणिक भेटमा, परिस्थितिको नियतिमा म फुच्चे पनि सहन् गर्न सकिन। जतिसुकै सानो र केटाकेटि भए पनि सधै मन चन्चलमात्र नहुने रहेछ। त्यतिखेर मैले बुझेकि ठुलोमामा सायद रहनुभएन, या अब रहनुहुन्न क्यारे। भित्र हुडलिरहेको मनमा एक्कासि भक्कानो फुट्ला जस्तो भयो, घाटिमा केहि अड्किएजस्तो भयो, सायद् मेरो सित्कार सहितको क्रन्दन् रुवाइ सुरु भयो त्यसपछि। सायद भर्खर भर्खर रुने प्राक्टिसबाट मुक्तप्राप्त गर्दै गरेको म, बेस्मारि नै रोएछु क्यार, तेसले सबैको ध्यान मै तिर खिचेछ।  त्यसपछि भित्र आगोमा खाना पकाइरहेकि अर्कि माइजु बाहिर आउनुभयो र मलाइ काखमा फुल्याउदै भन्नुभयो- "सानो भान्जालाई निकै भोक लागेछ क्यारे"- अनि मलाई बोकेर भित्र ले'र जानुभो।

        रोइरहेको मैले पनि माइजुको त्यो मायालु सामिप्यता र फकावट लाई मान्नै पर्यो। अब म किन रोएको भनेर म कसरि भनौ? भित्र लगेपछि स्याउ, रोटि  अनि दुध दिनुभयो।  तर म अझै पनि सुक्क सुक्क गर्न छोडिन।  म स्याउ खान खोज्दै सुक्क सुक्क रुदै थिएं, दिनभरिको थकावटले पनि होला, दुखाइले पनि त्यसमा मलजल थपिरहेकै थियो। 
      
        त्यतिकैमा सानो मामाले बाहिरबाट चिच्याउनुभयो- भाउज्यु भन्दै। ठुलिमाइज्यु दगुर्दै बाहिर निस्कनु भयो। म पनि पछि पछि लागे। सबै पानी पर्न ठिक्क परेको कालो बादल जस्तै अध्यारो अनुहार बनाएर बसेका थिए, त्यसमाथि त्यो गोधुलि साझको किरेमिरे प्रकाश।  सानो मामाले  ठुलोमामाको गोडा समाति राख्नु भएको थियो, आमा चै मामाको टाउको लाई सीरानि बनाएर अडयाइराख्नु भएको थियो। म भने आमाको काखतिर गएर जबर्जस्ति बस्ने प्रयास गरे। ठुलिमाइजु केराको थाम ढलेझै, मामाको शरीरमाथि ढल्नुभो, सबै रुन थाले। देखें, ठुलोमामाका आखाले सीधा माथि दलीनमा शुन्य देखिरहेका थिए।