निष्ठा रोजेर मानवताको लागि
जिवन अर्पण;
सङ्घर्षको परेड खेलेर
बिभेदको सित्कार हटाउन गर्जने
सामाजिक दर्पण;
सुन्यौ साथि, मधुरतामा दम भएको,
मायालु पदार्पण?
चाहिएन सुख सम्पत्ति र चर्चा;
चाहिएन सयल्, भ्रमण र खर्च।
जसरि झुल्किन्छ बिहानिको प्रभाकर;
झुल्किनेछन बिपत्तिमा-
गरिबिको महलमा-
पखालाको सिकिस्तिमा-
टुप्लुकिनेछन ओखतिमा-
जीवनरक्ष्याकोलागि
देउराली र लाम्पाटीमा।
सुरुवात हुनै सार्हो;
जो तिमिले सल्काएउ।
प्रसूति बेथा जो टुङ्गिन्छ जन्ममा,
जो तिमिले झुल्काएउ।
महान हिप्पोक्रेट्को बाचा तोड्नेहरुका बिरुद्ध;
पाइला-पाइलामा फाइदा खोज्नेहरुका बिरुद्ध।
झुपडि ओतछोडि महल रोज्नेहरुका बिरुद्ध;
धमिलो खेतमा झार रोपि,धान गोड्नेहरुका बिरुद्ध।।
बन्द हुनैपर्छ चलखेल।
बन्द हुनैपर्छ जालझेल।।
बरु खप्न तयार छौ हामी;
बन्दि-जिवन् हत्कडि-नेल।।
बुलन्द आवाज गर्नुछ;
आला सबै उठाई।
नाता मानवताको कस्नुछ;
बिभेद सबै हटाई।।
जिवन अर्पण;
सङ्घर्षको परेड खेलेर
बिभेदको सित्कार हटाउन गर्जने
सामाजिक दर्पण;
सुन्यौ साथि, मधुरतामा दम भएको,
मायालु पदार्पण?
चाहिएन सुख सम्पत्ति र चर्चा;
चाहिएन सयल्, भ्रमण र खर्च।
जसरि झुल्किन्छ बिहानिको प्रभाकर;
झुल्किनेछन बिपत्तिमा-
गरिबिको महलमा-
पखालाको सिकिस्तिमा-
टुप्लुकिनेछन ओखतिमा-
जीवनरक्ष्याकोलागि
देउराली र लाम्पाटीमा।
सुरुवात हुनै सार्हो;
जो तिमिले सल्काएउ।
प्रसूति बेथा जो टुङ्गिन्छ जन्ममा,
जो तिमिले झुल्काएउ।
महान हिप्पोक्रेट्को बाचा तोड्नेहरुका बिरुद्ध;
पाइला-पाइलामा फाइदा खोज्नेहरुका बिरुद्ध।
झुपडि ओतछोडि महल रोज्नेहरुका बिरुद्ध;
धमिलो खेतमा झार रोपि,धान गोड्नेहरुका बिरुद्ध।।
बन्द हुनैपर्छ चलखेल।
बन्द हुनैपर्छ जालझेल।।
बरु खप्न तयार छौ हामी;
बन्दि-जिवन् हत्कडि-नेल।।
बुलन्द आवाज गर्नुछ;
आला सबै उठाई।
नाता मानवताको कस्नुछ;
बिभेद सबै हटाई।।