थोपाको कुरा गर्दा
तपाइहरुलाई याद भयो
होला हरेक बर्ष
दुइ-दुइचोटि हुने
ताम्झाम सहितको पोलियो थोपा
कार्यक्रम। नहोस पनि
किन, लगानि जो
गरेको छ सरकारले
तथा बिश्व स्वास्थ्य
सङगठनले। हो म
यि र एस्तै
थोपाहरुको बारेमा कुरा गर्दैछु,
जुन् थोपाहरुले जिन्दगिमा
विशेष महत्त्व राख्छन।
भारतिय टेलिविजनहरुको प्रभुत्व बढेको परिप्रेक्षमा बिग बच्चनको 'दो बुद
जिन्दगिके' पनि नजान्ने
त कमै होलान्।
आखीर जिन्दगिको दुई
थोपा न पर्यो,
सबैलाई थाहा नभएर
त के गर्ने?
भन्छन्, मानिसहरुले कर्कलाको
दुइ थोपा पानि
जस्तो हो जिन्दगि।
हो त कतिखेर
के हुन्छ पत्तै
हुन्न। अझ हाम्रो
जस्तो अल्पबिकसित ठाउमा
त काल
गतिले भन्दा पनि
अकाल्मै यहि
दुइ थोपा पानि
जस्तो जिन्दगि खसिरहेछ। त्यस पस्चात
के भनौ? आफन्तजनका
दुइ थोपा आसु
तप्प तप्प खस्नु बाहेक् अरु हुने
हारले के छेकेको
छ र?
परिथिस्ति
यस्तो पर्छ, अथवा
भनौ, भाज्ञ नभएकाहरुको
जुर्छ भनौ- केहि
थोपाहरुले जिन्दगि बचाइराखेको हुन्छ।
म बताउछु, थोपा
कति महत्वपुर्ण हुन्छ-
तपाइले कोहि आफन्त
लाइ कुनै रोग
लागेर आकस्मिक् कक्षमा
वा कुनै वार्डमा
लगेर भर्ति गर्नुभएको
छ। ख्याल गर्नु भयो भने थाहा
हुन्छ, सुइबाट दियिएका केहि
थोपाहरुले जिन्दगि केहि क्षणमा
नै कति सुमधुर
बनाइराखेका हुन्छन। कल्पना गर्नुस्, कुनै हिन्दुहरुको
पूजाआजा पछि ' शान्ति- शान्ति' को
मन्त्र सङगै छर्किने
पानिको थोपाहरु होस् या,
गाउघरतिरका मानिस हरुले असिम
बिश्वास गरेका झाक्री बाजे
ले झारफुकपछि छर्किने बेसारपानिका थोपा हरु हुन या, सिम्सिमे पानीमा बेपरवाह रुझ्दै हिड्दाका ती थोपाहरु हुन्- ती पनि के जिन्दगिका थोपाहरुनै होइनन र?, तपाइ यदि बिश्वास र मतलव राख्नुहुन्छ भने।
सानो उदाहरण, किनकि म यो गतिशील समयमा अझ बढि गतिशील् हुन खोज्ने प्राणि मान्छेको सबै भन्दा दु:ख र सबैभन्दा अपूर्व सुख र खुसिको समयको साक्षि भैरहने हुनाको नाताले पनि बताउन चाहान्छु। भन्न खोजेको के भने, मेरो दैनिकि कर्तव्य छ, म बस्नुपर्छ आकस्मिक् कक्षमा। अत्यन्त गम्भीर प्रकृतिका रोगहरुमा हुने सम्पूर्ण अङगहरुको असफलता (मोड्स्) र कहिलेकाहि रक्तचाप् अत्यन्त न्युन हुने अवस्थ्थाहरुमा थोपाहरु गनेर नै मुटू सन्चालन गर्ने खालका औषधि हरु चलाउनु पर्ने त हुछ नै। त्यो बेलामा लाग्छ, म जिन्दगि गनिरहेछु, कसैको थोपा थोपामा, रूद्री पूजा गर्दा शिवलिङगमा खस्ने जलधाराका थोपा जस्तै- वहा अमुर्त भगवानको लागि धारिमा कतिखेर पानी सकेला भन्ने डर्; यता मुर्त मानव् जिवन् रक्षाको खातीर कतिखेर रगतमा औसधि सकेला भन्ने डर।
कति सामान्य खालका रोग लागेका र कतिपय रोगै नलागेका अवस्थामा आएका बिरामि हरु जो आफ्नो स्वास्थ्यप्रति बुझेर हो वा नबुझेर अति धेरै सचेत हुन्छन्, उनिहरुलाई जति सम्झाउदा पनि लाग्दैन कि बर्तमान मा तिनि हरु खतरामुक्त छन्। कति मानिस हरु अर्थाभावमा उपचार नपाउने, त कति मानिस हरुको अवस्था जटिल हुदाहुदै पनि जति सम्झाएपनि नबुझ्ने अवस्था भएको हाम्रै ठाउमा यस्त हामि हरु पनि पनि छौ जो औषधि सुइले नघोचेसम्म र गोलि ननिले सम्म रोगको सम्बोधन गरिएको मान्न तयार छैनौ। अनि हामिहरुको कर्तव्य थपिन्छ- र सुरु हुन्छ जिन्दगिको थोपा- जो डाक्टरि पेशा मा प्रख्यात छ {NS with vitamins} पहेलो नुनपानि। त्यसपछि बिरामिको काम हुन्छ, आकस्मिक् कक्षको हरियो क्षेत्रमा आरामले निदाउने- अनि कुरुवाको काम हुदैन- नुनपानिको थोपा गन्ने।
तपाइ पनि कहिले कुरुवा हुने दुर्दशामा पर्नु भएको छ भने, जहिल्ले अस्पताललाई सराप्नु हुदो हो;- छ्या तेस्तो नर्क, बिरामि कुरुवा त कहिले हुनु नपरोस् भनेर। सहि! को चाहान्छ त कुरुवा बन्न अनि बेला न कुबेला बिरामि परिराख्न। जब कोहि मान्छे कुरुवा बस्छ, उसको दैनिकि हुन्छ, बिहान दिउसो र बेलूका- बिरामिले खान सक्छ भने खुवाउने, आफुले मन लागेमा खाने, ट्वाइलेट गराउने, र केही सफा गर्ने। यस्तो गतिशील प्राणि एउटा ४ +६ फिटको परिधिमा कैद हुन पुग्छ। दुइ तिन बेकामका पत्रीका हरु तीनचार चोटि फेरेर पढिसकिन्छ, अनि पुनर्ताजगि गर्ने कुरा के त? कस्तो एकोहोरो, गीत सङ्गीत घन्काउने, साथिभाइ जम्मा गरेर गफ हाक्ने कुरो पनि आएन, आफ्नो मान्छे जो टाढाको अस्पतालमा बसेको छ, र अफसोचको बेला रमाइलो गरे त पाप लाग्छ नि होइन र? अनि कुरुवाको गतिशीलता सुरु हुन्छ- जो बिरामिको स्वास्थ्य प्रति अति चिन्तित् छ र सम्बेदन्शील् छ। लाग्छ, त्यहा गतिशील कुराहरु केहि छैन सबै कुरा ठप्प अडेको छ, भित्ता, बेड, टेबल्, पन्खाहरु जहिको तेहि छन्, मात्र गतिशील् एक् छ- तप्प तप्प झर्ने सलाइन वा औसधिका थोपाहरु। आंखा टक्क त्यहि अडिन्छन कुरुवाको अनि जिन्दगि त्यहि अडिए जस्तो लाग्छ बिरामिको। जतिखेर गतिशीलता भङग हुनसक्ने अवस्था आउछ, अनि शारीरिक गतिशीलता सुरु हुन्छ- सिस्टर.......... यो थोपा झरेन (जिन्दगिको) !