तिमि थियौ र त म , म भएं
परचकृको जाल जस्तै
भगवानको माया
अडियो एक छाया
बनेर मेरो,
अनि हेरे पर्दा उघारी,
पाएथें जीवनकै प्यारी ।।
।।१।।
उमङगका हाम्रा ती दिनहरु
के परवाह भूतको भविष्यको
वर्तमानमा मात्र म थिएं
पाएर फूल
कसरि सोच्थेंहोला खै सङगैको
कांडाको भूल
प्रणय बेगले समात्यो
पृथ्वि सारा तात्यो
कसैलाई थाहा छ र कति बांच्छु भनेर?
कसैले राख्द छ र जीवन सांच्छु भनेर?।।
।।२।।
आज रोइरहेछुं
तिम्रो बिछ्यौनाको तलमा
माग्दथे भगवानलाई
एकैछिन
देउ बोल्न,
एकैचोटि मुस्काउन
अनि बिस्तारै सुस्ताउन।।
।।३।।
मान्छे जति खुसिमा
ढकमक्क हुन्छ;
सुखमा, प्रशन्नतामा
गमक्क हुन्छ।
त्यतिनै अभावमा
लमतन्न हुन्छ;
दुखमा, दरिद्रतामा
झमक्क हुन्छ।
जान्दथें, सिक्थें, सिकाउथें, अरुलाई
जबसम्म भराभरि थिएं म।
जान्दिन, बिर्सिएं, सिक्दिन अब केहि
जब पीरभरि जिए म।
आखीर त्यहि समाजको मान्छे न परें म।
आखीर त्यहि लवाजको मान्छे त परें म।।
।।४।।
भरतपूर, डिसेम्बर १०, २०१३।
(एकजना अत्यन्त प्रीय आफन्त गुमाएका बिरामि कुरुवाको सम्बेदना,
हार्दिक समबेदना उनलाई, जसको बिरामिलाई हामी अथक प्रयास गर्दा पनि गुमाउन बाध्य भयौं। )
परचकृको जाल जस्तै
भगवानको मायाअडियो एक छाया
बनेर मेरो,
अनि हेरे पर्दा उघारी,
पाएथें जीवनकै प्यारी ।।
।।१।।
उमङगका हाम्रा ती दिनहरु
के परवाह भूतको भविष्यको
वर्तमानमा मात्र म थिएं
पाएर फूल
कसरि सोच्थेंहोला खै सङगैको
कांडाको भूल
प्रणय बेगले समात्यो
पृथ्वि सारा तात्यो
कसैलाई थाहा छ र कति बांच्छु भनेर?
कसैले राख्द छ र जीवन सांच्छु भनेर?।।
।।२।।
आज रोइरहेछुं
तिम्रो बिछ्यौनाको तलमा
माग्दथे भगवानलाई
एकैछिन
देउ बोल्न,
एकैचोटि मुस्काउन
अनि बिस्तारै सुस्ताउन।।
।।३।।
मान्छे जति खुसिमा
ढकमक्क हुन्छ;
सुखमा, प्रशन्नतामा
गमक्क हुन्छ।
त्यतिनै अभावमा
लमतन्न हुन्छ;
दुखमा, दरिद्रतामा
झमक्क हुन्छ।
जान्दथें, सिक्थें, सिकाउथें, अरुलाई
जबसम्म भराभरि थिएं म।
जान्दिन, बिर्सिएं, सिक्दिन अब केहि
जब पीरभरि जिए म।
आखीर त्यहि समाजको मान्छे न परें म।
आखीर त्यहि लवाजको मान्छे त परें म।।
।।४।।
भरतपूर, डिसेम्बर १०, २०१३।
(एकजना अत्यन्त प्रीय आफन्त गुमाएका बिरामि कुरुवाको सम्बेदना,
हार्दिक समबेदना उनलाई, जसको बिरामिलाई हामी अथक प्रयास गर्दा पनि गुमाउन बाध्य भयौं। )