Tuesday, December 17, 2013

मुक्तक

                        ।।१।।
 
उस्को नाम लिएपछि रातोपीरो हुन्छु रे म;
उस्को लागि काम गरे, चन्द्रमानै छुन्छु रे म।
साथि साथि साथि भन्थे हिजोसम्म कति राम्रो;
एक्लै हुदा बेहोसिमै उस्कै नाम गुन्छु रे म।।


                      ।।२।।
सम्झनामा आइरन्छौ, चित्र कोर्न सक्दिन ;
झ्याल ढोका थुनि बस्छौ, घरै फोर्न सक्दिन ।
किन हेर्छौ घरि घरि, त्यो नजरले मलाई?
तस्विर सौजन्य : गुगल 
कसरि सम्हालु खै, मनै चोर्न सक्दिन ।।




भरतपुर १० जुन