" हाउ आर यु बाबु?"
उसले तीन दिन पछि भाइबरमा मेसेज गरि!
उसले मलाई कस्तो भएको देख्न चाहान्छे? म दारुको नशामा भुलेको होउ, कि उसैको नशामा? या आफ्नो पढाईमा भुलु कि काममा?
त्यसै पनि आफै मेसेज गरेकी होइन! तीन दिन अघि एउटा मुक्तक पठाएको थिए, त्यसैलाई खुबै राम्रो भनेर तारिफमा प्रत्युत्तर गरेकी थिइ, झनअस्ति नै, त्यसैको जवाफ 'धन्यबाद' दिएको थिए , केही घन्टा अगाडि! धन्यवादको जवाफ, 'म कस्तो छु' भनेर सोध्न चाहान्छे उ! 'म कस्तो छु' को जवाफ म सङग नै छैन!
लेखेँ, "ठीक छु!"
"कहाँ हुनुहुन्छ?" म हुनुपर्ने कहाँ पो हो?
जहाँ भए नि, "म यात्रा गर्दै छु !" भने।
" कहाँको यात्रा?"
" जिन्दगिको"
" उफ, साहित्यकारको बोली त"
सायद म आजकाल प्रेमी कम, साहित्यकार ज्यादा भएको हुंदो हु, उसको लागि!
" किन उफ् नि? मेरो जिन्दगिको लागि?"
" हैन, हजुरको डायलगको लागि!"
"उफ्, यदि म सच्चिकै यात्रारत भएको भए?"
" साचो साचो भन्नुस न!"
" साचो नै त भनिराछु!"
"ल, साच्चै कहाँ जाँदै हुनुहुन्छ?"
" यदि मैले कसैको मन सम्मको यात्रा गर्दैछु भने भनेनी?"
"यदि मैले कसको मनसम्मको यात्रा भनेर सोधेँ भने नि?" बुझ पचाउन कति मज्जा आउँछ है उसलाई।
" यदि मैले कसको मन भनेर भनिन भने नि?"
" म को हो र, 'जबरजस्ती' गर्दिन के!" जबरजस्ती शब्दमा जोड पार्दै भनी।
" कोहि नभएकै मान्छे को मन त 'जबर्जस्त' हुन्छ! र 'जबर्जस्त' बाटो अफ्ट्यारो नि हुदो रहेछ, यात्रा गर्न!"
" जे भए नि मलाई जान्न मन भयो।"
" ठीक छ, कोहि नभएकै मान्छे, कसैको लागि सर्बस्व हुन्छन!"
"कसैको लागि पनि त कोहि सर्बस्व हुन सक्छन!"
" यदि कोहि नभएको तिर कसैको यात्रा छ, तर तर प्रतियात्रा?"
" यदि कोहि न-भएको तिरै, कसैले के भेट्टाउन यात्रा गरेको भनेर सोध्यो भने नि?"
" केही भेट्टाउनू कसैको प्राथमिकतामा पर्दैन भने नि?"
" के होला त प्राथमिकता उसोभए?"
"प्राथमिकता, यात्रा मात्र हो।
फर गेटिङ्ग नथिङ्ग! एन्ड फर्गेट्टिङ्ग नथिङ्ग! र दुबै!"
" भन्नाले, केही नबिर्सने- सबै सम्झिने तर केही नपाउने?"
" हो।"
" अचम्म!"
उसलाई, त्यही कुरा अचम्म लाग्छ आजकाल, त्यसैले त त्यो भन्दा अरु बार्ता हुदैन। न त बार्ता गर्ने अरु विषयवस्तु नै छ। अनगिन्ती छन भावना, सायद अहमं हुदो हो ज्यादा, जसले शब्दहरुलाई बाफ सरि उडाइदिन्छ। अहम एक त्यस्तो चिज रहेछ, भावना, शब्द सम्बन्ध सब सुकाउने सामर्थ्य राख्ने चर्को गृष्म ऋतु !
उसका जुनेली रातका कहानी, हजुरआमैका लोरि, म कसरी बिर्सु?कसरी त्यो अहम लाई मैले जन्म दिएँ? रातभर उसकै लोरि सुनेर निदाएथें, बिहान उठ्दा त अहम् ले गर्भधारण गरेछ म मा।
यसै त होइन, भावना नभै त कोहि खेलवाड गर्दैन कसैसङ्ग! या केही विशेष प्रयोजन नै हुन पर्यो। लाग्छ कहिले काहीँ, मेरो स्टुपिडिटिको मापन कोहि गरिरहेछ! म भने, अहम् को तराजुमा भारी परिरहेछु!
सायद , मेरो मुर्खता सङ्ग अरु बाकी धैर्यता छैन। धैर्य हुँदो हो त, अरु पर्खिदो हो, अहम लाई छिर्न नदिइकन। पर्खाइ नै मूर्ख सङ्ग नहुने चिज रहेछ, पर्खाइ हुँदो हो त कोहि मूर्ख हुनेथिएन।
म के छु, कस्तो छु, कसरी उसको सामिप्यतामा डुबिरहेछु, उसलाई के थाहा? सामिप्यता भन्दा नि यादमा! यादको रोगले थिलो थिलो भएको जस्तो महसुस गरिरहेछु! यादको रोगमा यात्रा त झन तिव्र गतिमा हुदो रहेछ तर नथाकिने मनको यात्रा! अनि, जति यात्रा गरियो, मनको खुट्टामा परेका ठेला, अनि भाइनी हरुलाई त्यति सुम्सुम्याउन मन लाग्ने!
थाहा छ, घाउलाई धेरै चलायो भने, अझ संक्रमण बढेर जान्छ, पुरै शरीर भरी फैलिन सक्छ, सेप्सिस नि हुन सक्छ, तर यो यादको रोगै कस्तो, झन घाउ बल्झाइरहन मन लाग्ने!