किन ठीक मात्रा, नै खाइन्छ औषधी?
किन खानुपूर्व, जचाँइन्छ औषधी?
किन कोहि लेख्छ, किन कोहि बेच्छ?
किन केही खाने, केही लगाइन्छ औषधी?
किन लेख्ने पाउन्न, किन बेच्ने खान्न?
किन हो गरीबलाई, झन् चाहिन्छ औषधि?
किन एकले ठीक पार्छ, किन अर्को नाइ?
किन सुधार चाहे, बढाइन्छ औषधि?
किन माया रोग, किन यै दबाइ?
किन सबै भ्रम, सरि बनाइन्छ औषधि?
२०७४/०८/२२, अर्घाखाँची ।