Saturday, December 24, 2011

कान्छी मौन छे अचेल॥




छ्या...
शिरिष फुल्न छाड्यो रे
त्यो पखेरामा
कचपकचप झरेका शिरिष फुल टेक्दै
बहकिएका ती दिनहरु
बिर्सेर पनि बिर्सन चाहान्थी कान्छी
तर
जब फुङ्ग उडेको पखेरो
अनि धुलाम्मे बाटो त्यसको छातीको
हुँदै झर्नु परिरहेछ ओरालीमा अचेल
जबर्जस्ती आउछ मनमा
शिरिष फुल्न छाड्यो पखेरामा.......



कालो बादल चुर रीसले
गर्जेथ्यो रे सगरमा
अनि , बर्से रे एक एक असिना
चुटेछ पहिले त ती प्रिय शिरिष बागलाई
अहँ , रहेनछ यो सपना ...
धड धड....धडाम्म
एक टुक्रो त्यो जमिनको
खसेछ माथिबाट तल
'लानुगो' lanugo hairs रौँहरु च्यापिएछन्
भू तलको रीत
फुरुरू उडेछ कान्छीको सिदूंर
हेइ कसले सक्छ र
बगेको पहिरो फर्काउन ?