समयको मागै छैन तेसै थोपरेर हुन्छ?
आखांमात्रै जुद्धैमा मायाप्रीत गरेर हुन्छ??
उनि हांस्छिन भेट हुंदा म पनि मुस्कांउछु;
मलजल केहि छैन माया तेसै छरेर हुन्छ?
मन पर्नु, राम्रो लाग्नु, माया गर्नु फरक हो;
जीवन यो लामो छ, बुढाबुढी टरेर हुन्छ?
चालढाल बानि अनि बेहोरालाई हेर्छ मन;
जबर्जस्ति मिलाएको राम्रो रूप धरेर हुन्छ?
माया त गरिन्न रे आफै पर्छ भन्छन्;
नमान्नेलाई ठूला ती आंखा तरेर हुन्छ?
दोहोरो बिस्वाश हुनुपर्छ माया चोखो बन्न;
जाली एक हांस्ने अनि अर्को मरेर हुन्छ??
समयको मागै छैन तेसै थोपरेर हुन्छ?
आखांमात्रै जुद्धैमा मायाप्रीत गरेर हुन्छ??
रचना मिति: मे १०, २००९, भरतपुर