Monday, February 13, 2017

किन हुन्छ?

लाग्छ कहिलेकाही ,
कोहि बोलिदेओस
बरु दुई शब्द
अनि मुटुमै छोओस,
मनमै बिस्तारै सहि
तर,
डेरा जमाओस!

किन यस्तो हुन्छ,
समय गतिशील हुंदैमा अडिए जस्तो लाग्ने,
किन हुन्छ,
चकमन्नता मा रमिरहने मन,
जहिल्लै यस्तै होस् लाग्ने?
किन हुन्छ,
हर एक फूल,
न ओइलाओस्,
अनि
हर एक दीप जलिरहोस्!
किन हुन्छ कोहि,
बसुस् टाढै सहि, तर
तर बोलिरहोस्!