पढ्ने कोसिस गर्दैछु,
आफैले आफैलाई
निकै मेहेनत र लगनका साथ
हिजो जो खाली थियो
सोच्थें, कसैले केही गर्न सक्नेछैन यो मनलाई,
तर आज ......!!!
तर आज तिमी आउछौ हरक्षण,
मेरो मनको ढोकैमा अनि,
अनि तिमी सोध्छौ, "को हौ तिमी?" मलाई,
म पनि सोध्दैछु,
" को हौ तिमी?"
आफैलाई
आफ्नै हर एक भर्सनलाई!
देखिन्छन पर्दामा
अनेक प्रकाशका प्रतिबिम्ब
चिन्ने प्रयास गर्दैछु हरेकलाई
नगरी विलम्ब!
परिचय, आफैसङ्ग पुरानो हुनुपर्ने हो,
तर लाग्छ, तिमी छौ अझ पुरानी!
तिम्रो एक शब्द काफी छ प्रतिबिम्बहरुलाई,
सोच्दछन हरेकले , आफ्नै राधा-राधा ठानी!!
म जो हुं, जहाँ छु, जस्तो छु, जे गरुं;
प्रतिविम्ब एक, अनेक रुपनै जे धरुं!
त्यो तिम्रो उर्जा, प्रतिभा अनेक
म छोड्न सक्दिन रातदिन हरेक!
पढुं म आफैलाई, जति गरुं मेहेनत;
बसिसक्यौ हृदयमा, बनिसक्यो तिम्रो लत!
किताब हुं म खुल्ला, गातामा पो मेरो नाम छ,
पढ्छौ कि तिमी, हरेक शब्दमा तिम्रै प्राण छ!
जवाफ पाउनेछौ आफै, " को म तिम्रो लागि?"
चिनारी हुदैन "सांइली", दिल कहिले मागी !!