Monday, October 30, 2017

गजल

यी आँखामा आँसु छैन, प्यार अझै बाँकी छ!
जति पर पुगे पनि, संसार अझै बाँकी छ!!

"ट्यान्जेन्ट" पो रहेछौ , पुग्यौ कता कता?
घुमिरहें वृत्तसरी, आकार अझै बाँकी छ!

फर्किने हैन कहिं, सङ्गै बढौ अघि भन्थें,
नदि बग्यौ, हेरिरहें, किनार अझै बाँकी छ!

खुसी हुन छोड्याछैन, लुकाइ दु:ख भ्रमहरु,
उर्जा थप्ने, आभाको, निखार अझै बाँकी छ!

'औसत हुन आको हैन', केही छोडी जानु नै छ,
यात्री टाढा भएपनि, समझदार अझै बाँकी छ!

यी आँखामा आँसु छैन, प्यार अझै बाँकी छ!
जति पर पुगे पनि, संसार अझै बाँकी छ!!