Friday, December 22, 2017

चिसोबाट बचाउने डाक्टर!

यो ठिहिर्याउने जाडोमा,
शीतलहर चलिरहंदा,
चिसिएं , कठ्याङ्रीएं!

र सङ्गै चिसिए जस्तो सुनिए होला,
कठ्याङ्ग्रीए जस्तो देखिए होला,
बोलि, अनि व्यबहार।
तनमा चिसो, घुस्दा
मनै चिसिए जस्तो देखिएं होला!
तर बाचिरहेंको थिए
तिम्रो सम्झनाको दीप जलाएर,
उजेलिदै कल्पनामा ज्योतिहरु
र त्यसैको न्यानोपनामा;
तिम्रो मुस्कुराएको एक तस्वीर पल्टाएर,
अनि समिपमा त्यसले छर्ने आभा
र त्यसैको सम्भावनामा!

जमेको तन भित्र,
जमेजस्तो देखिएपनी मन,
बगिरहेथ्यो तिम्रै यादका,
न्याना छालहरुमा!
सुनेर नि नसुनेझै,
असिना पर्दा बादल गर्जेजस्तो,
देखेर नि नदेखेझै,
गरि-गरि गर्ने तिम्रा देखभालहरुमा!

यसरी गरिरह्यौ भने जतन,
उज्ज्वल भइराख्नेथ्यो जीवन यो,
बनिराख्नु मेरो डाक्टर तिमी,
तनको र मनको दुवै, प्रिय 😍
म अनि मेरो सबै, तिम्रो वतन सधै सधै!

अर्घाखाँची, २०७४/०९/०४ ।