कसैले भन्छन,
सबै भन्दा दुख्छ,
सम्झनाले,
उनको सम्झना...
होइन, उनी सङ्गको सम्झनाले,
बिर्सिने नसकेको सम्झना,
माया आफ्नै भनी!
कसैले भन्छन्,
सबै भन्दा दुख्छ,
पर्खनाले,
उनलाई पर्खनाले ...
होइन, सहि समयको पर्खाइ,
उनको माया पाउने आशामा,
होला आफ्नै भनी!
तर,
दुख्दो रहेछ, त्यहिँ ,
सबै भन्दा धेरै,
जहाँ आफैलाई थाह हुदैन,
पर्खिनु या बिर्सिनु...
होइन, न पर्खनाले, न सम्झनाले उनको,
तर एउटा सत्य मानेको भ्रम,
पराया आफ्नै भनी!