सन्दर्भ: लक्ष्मी जयन्ती
साहित्य को श्रीबृध्धिमा ज्योति छर्ने लक्ष्मीप्रसाद ।
धोबिखोला पूल नजिक बास गर्ने लक्ष्मीप्रसाद ।।
शकुन्तला, प्रमिथस , चम्पा औ मुनामदन।
कोर्दै दाडिमको रुखनिर चर्ने लक्स्मीप्रसाद्।।
प्रतिभा येस्तो थियो, एकै रात्मा कुन्ज बन्यो;
कस्तो कस्तो वहा नोवेल् पाउनुपर्ने लक्स्मीप्रसाद्।।
दुख पीद जे भयेनि सहयोगि त्यो मन् थियो;
पुज्य महाकवि भनि कन दर्ने लक्ष्मीप्रसाद्।।
सरस्वति बासै गरिन् , लक्ष्मी ले माया मारिन्;
घुम्दै फिर्दै पागलको भेस धर्ने लक्ष्मीप्रसाद्।।
केही गरौ 'प्रकु' भन्छ ; सम्झनाले मात्र होइन;
कति दुख पचासमै देरा सर्ने लक्ष्मीप्रसाद्।।
( लेखन: लक्ष्मीजयन्ती २०६६, भरतपुर्।)
कैलाश् रास्ट्रीय सहित्यिक् पतृका मा प्रकाशित् २०६६।

