सन्दर्भ : लक्ष्मी जयन्ती
गोरसघरमा अचेल
पल्केका छन् ककरोचहरु
हुलका हुल आउछन्
गर्छन् भाँति अनेक
चाट्छन्, पिउँछन् चुस्छन् र टोक्छन्
खोजी खोजी नौनी
झुम्मिरहेछन् वरिपरि
तरो मदानी ठेकी र कुँडेमा
कोपरिरहेछन् पूरानो खोत्तरपनि
जात्रा छ झगडाको
कुरुक्षेत्रै भो मझेरी ... ॥
गोरसघरमा अचेल
पल्केका छन् ककरोचहरु
बिचरा किसान
कटकटिएको त्यो कछाड र मैलो दौरामा
जोतिइरहेछ हर दिन
कैले जाने हो जिन्दगी, थाह छैन
खहरेको भेल जस्तो
पंहेलो चिन्डो-पखेरामा
आमाको त्यो सपना -नयाँ पटुकाको
कस्नु छ बूढ़ो कम्मरमा ॥
गोरसघरमा अचेल
पल्केका छन् ककरोचहरु
बढिरहेछन्- नयाँ पुस्ताहरु
नयाँ शैलीको शिकार
हसुरिरहेछन्
सुरक्ष।का लामा टेन्टाकल्स फैलाउँदै
नेटवर्किङ जासूसी तिनको
जमाउछ जब आरी म' दही
धर्ना सुरु हुन्छ माधनि मा
दुधै दुहे बाल्टिभरि
पौडी खेल्छन पानीमा!
नयाँ शताब्दिका काकारोचारौ
सामुहिक र रिले धर्ना बस्छन
चुस्छन सिङै डल्लो नौनी
छिर्का मिर्का होइन
उडछन माझेरी उपर रकेट्मा
घश्रीएर होइन
चारमाना दुध
चार काँक्रोच्को आत्माघती बमले
बर्बाद छ
फ्यकियिन्छ जुठेल्नाम
'आफ्नो नभए कसैको नहोस्'
साच्चै परघाती ककरोच हरु।
गोरस् घरका कक्रोचहरु
पल्केका र सल्केका छन् चारैतिर
कस्ता आये खै जमाना?
ठुलो बुध्धि र बाहुबलि एह् किसान्
तातै बेच्च्नु पर्छ दुध् तिमिले
दहि घिउ बनयेर होइन
डढेको खोत्तर् कोरेर
पखालेर त्यो कुढे
भल्काउ तर् टल्काउ दुधको
साटिनेछ दुध् पटुका सङै नया
फेरिनेछ् कछाड र भोटो
तिम्रो शरीर को
हुनेछ अनि बल्ल
विजए किसान वीरको!
( लेखन
2३ सेप्टेम्बर '१०, भरतपुर )
