Friday, December 16, 2011

एक कविता


एउटा झुप्रो
मानौ एउटा खरको थुप्रो
विवशता या पावन्दी
फेरिरहेछन अमृत सास्
केही प्राणी
आड्मा त्यसैको ।

क्लेश रहीत मन
श्लेश रहीत तन
तेइपनि तन्किरहेछ पर्खाल वरिपरी
येउटा सानो आकाश
तेहिमुनिको छोटो तर
तर विशाल् सन्सार्
उठाउछ ठुलो दिवार
जन्जीरको
तोड्नलाइ चाहिने रे गणक्यका
श्रीपेन्च रुपी फोटा
फल्ने भए वनस्पति
जङलै बनाइन्थ्यो
मलजलले।।

//1//




येहि पसीना र मयेलले
हुर्काउथे सानो बिरुवा
बिहानिको किरणसङै
उम्रन्थे कि पालुवा?
अह, साराका सारा सपना
देख्नुहुन्न के हामी?
दिएको येस धरतीले अदना
उठ्नुहुन्न के हामी?
बालुवामा खेत बिराएपनि
पाको पठाइदिन्छन् इश्वोर्ले
छन् कि छैनन् ती जिवात्मा
गर्न सकिन्थ्यो कि नश्वोर्ले?

चाहिएको छैन असन्ख्य
श्रमजिविलाइ खैरात।
दिन कुर्ले, रात् निन्द्रा;
जाग्नु नपरोस् एक् भोक रात।।

//2//

भरतपुर, चितवन, २७ अगस्त् २०११।