Thursday, October 20, 2011

एक एकल आमाको अस्पताल ब्यथा (कविता)



आँखा हेरेर
बिताउने गर्थे दिनहरु
तिमीले छाडेपछि
यो तिम्रो चिनारीको
छैन माइती म कोही
बुढी आमा भित्र बaहिर गर्छिन धुवामा
आसु खसाल्दै।
कस्तो निस्ठुरी समय त्यो
शायद तिमी गयौ
मेरा खुसि का दिन गये
अहम् को लडाइ ले
आज झन् ठुलो युद्ध गर्नुपरिरहेछ.




तिम्रो माया मा पुल्पुलियेर
झन् ठुलो सागर म सयर गर्ने चाहले
टाढा गरायो
न्यायमुर्ति भगवन् ले
सजाय दिनुपर्ने दिये
तर तर
मेरो नाममा यो अबोध तिम्रो चिनारि
गन्दैछ अन्तिम सासहरु ।


जे गर्नुपर्छ भन
प्रायस्चित् जतिपनि
तयार छु, मेरो बाबुको लागि
तिमिले एक् नजर लगाइदिये
मेरो बाच्ने थियो प्राण
----तिम्रो चिनारि
कठै -मानवताको नाताले
अरु केहि माग्ने छैन भविस्यमा
मर्न सकिन म तिम्रो मायाले
एकचोटि बस् एकचोटि
फर्किएर त हेर .........

(२३ मार्च २०११, भरतपुर मेडिकल कालेज )