Tuesday, February 24, 2015

दाई म मेल लेख्छु

                                                                                          -  Raju Paudel
                अपेक्षित सक्कलमा ०४ आश्विन २०७१ को साँझ भृकुटीमण्डपमा आयोजित बृहत पुस्तक प्रदर्शनीको क्रममा  पुष्कर दाईलाई पहिलो पटक भेटेको हुँ | योजना मुताविक उनको यात्रा संस्मरण ‘संसारलाई साढे पाँच फन्को” मेरो हातमा थियो | स-साना समुहले घेरिएका पुष्करलाई उनकै कृतिमा हस्ताक्षर गराएँ | यतिले मेरो मन शान्त भएन दाई पुस्तक पढे पछि  मेल लेख्छु मेलिंग पनि दिनु न अनुरोध गरे | सायद सम्बन्धित पब्लिकेशनका मित्र होलान साथमा थिए प्रतिबाद गरे | मेल कितावमै छ नि ! मैले ढिपी कसे मेल लि छाडे | ०६ वर्षिया छोरी अंशु साथमा थिइन् के,किन ,,,साइन गराएको उनको जिज्ञासा अझै शान्त पार्न सकेको छैन | पुस्तकले झन्डै एक महिना तख्तावाट मलाई नै हेरिरह्यो | मैले योजना बनाए तिहारको चितवन भ्रमण पुष्कर दाईलाई |
            गरिवीलाई जितेर विश्व छिचोलेका पुष्कर शुरुका दुई पृष्ठमा जसरी पोखिएका छन् पुस्तकको मोटामोटी सारांश यहि हो जस्तो लाग्छ | चौथो पृष्ठको अन्त सम्म आईनपुग्दै मैले निर्णय लिए पुष्करलाई मेल होईन मेडियामा लेख्छु | सन् २००७ मा तत्तकालिन गैर आवासीय नेपाली संघका अध्यक्ष डा. उपेन्द्र महतोले सोहि संघको साउदी च्याप्टरलाई गरेको ४५ मिनेट लामो सम्बोधन मेरो मस्तिष्कमा ताजै छ | झन्डै विजयी निश्चित सचिव पदको प्रत्याशी मैले उनको सम्बोधनलाई गहिरो संग सुन्नु पर्ने नै थियो | भन्थे ,म सन् २००१ मा संघको वारेमा कुरा गर्न मस्कोबाट,,,,,,गए मेरा कुरा सुनेर त्यहाँका साथीहरुले मलाई बौलाहा बनाए | हेर्नुहोस, राम्रो कुराको शुरुवात एकजनाले गर्ने हो | केहि समयसम्म उसको पछाडी ऊ बाहेक अर्को कोहि नहुन पनि सक्छ तर तपाई नराम्रो कामको शुरुवात गर्नुहोस तपाईलाई भीडले साथ दिन्छ तर केहि समय पछि त्यहाँ तपाई बाहेक अर्को कोहि नहुन पनि सक्छ | पुष्कर संग ईटा थप्ने ठाउँमा भेटिने जिक्री र भृकुटीमण्डपमा प्रतिबाद गर्ने सज्जन सम्मको पुष्करको यात्रा साच्चै यस्तै भएको हुनुपर्छ |
        जिउदै शहिद बनाइएका टुहुरा पुष्करको यात्रा संस्मरणमा प्रयाप्त संघर्ष छ | एक सचेत नागरिक परिवर्तनका खातिर झण्डा बोकेर सडकमा निस्किन्छ | चन्द्र सुर्य अंकित आफनो राष्ट्रिय झण्डा बोकेर विश्वको २ लाख २१ हज्जार किलोमिटर दुरी पार गर्छ | यात्रा सधै सुखद कहाँ हुन्छ र! सुर्यबाट न्यानो ताप र चन्द्रबाट पाउने शितलता उनको एघार बर्षे जोखिम यात्राको आडभरोसा  हुन्छ |साथमा सहयात्री साईकिल | संस्मरणमा एकल महिला उनकी आमाको जाज्वल्यमान मातृत्वपूर्ण प्रेम छताछुल्ल पोखिएको छ साथमा अनुपम प्रकृतिको वर्णन भन्छन् बग्दै बट्टारिदै कता- कता पुग्नु पर्ने मान्छेको जीवन त्रिशुलीको पानी जस्तै |
             संसारका १० प्रतिशत धनी मान्छेले शासित हामी ९० प्रतिशत आम निर्धन मानिस | पुष्करको आर्थिक हैसियत लाग्छ यस्तै बाध्यतावाट गुज्रेको हुनुपर्छ सुख र खुशी एकसाथ कहाँ मिल्छ र! चिन्न सके संसार आफनै आंगन नसके आंगन पनि प्रदेश | विश्वका धनीले छुन नसकेको अमेरिकाको रक्की माउन्टेन वरिपरी शून्य डिग्रीमा दौडेका अनुभव छन् उनिसंग | सुकेका शुन्तलाका बोक्रासंग छाक साटेका अनुभव छ उनिसंग | म पनि निष्कर्षमा पुगेछु आखिर धनले भन्दा मनले बाँचेका मान्छेको जीवन बिचित्रको हुदोरहेछ |
             घर-घरमा लक्ष्मी आह्वान गर्ने सन्ध्या शुरु हुदै थियो | म चाही बब मार्लीको राष्ट्रफेरियन वादको वरीपरी थिए | मैले वुझे अनुसार यो एक बाद, सिद्धान्त र धर्मको रुपमा विकशित हुदै गरेको पछिल्लो दर्शन हो | जसले संसारमा भएको कुनै पनि चिजको निजी स्वामित्वलाई अस्वीकार गर्छ | हामी सकेसम्म देखेको चिज वा वस्तुमा आफनो स्वामित्व स्थापित गर्ने होडमा छौ | हाम्रो दुख यहीबाट प्रारम्भ हुन्छ | पुष्करले चुमेको यो भूमिमा मैले अलिक बढी चासो केन्द्रित गरे | मलाई रोकिनु थिएन पुष्करको ‘झिरिप्प’ केन्द्रित वर्णन अब पढ्नु नपरे हुन्थ्यो भैसकेको थियो गिनीको ‘हत्कडी तोडेर भाग्दा’ शिर्षकमा टक्क रोकिएँ | पुलिसले दिने दुखको प्रकृति लाग्यो संसारमा उस्तै उस्तै हुदोरहेछ जुन पंक्तिकारले २००७ मा साउदीमा भोगेको थियो |
             पुस्तकको झन्डै साठी प्रतिशत पन्नाहरु छिचोली सकेको छु | पुष्करलाई ईटा थप्ने ठाउँको ‘चिरिप्प’- ‘झिरिप्प’ प्रेमले छाडेको छैन | म आवाक भए ! यस्तो अदम्य सहास हाम्रो सामाजिक संरचनामा हुर्केको कमै मानिसले गर्न सक्छ | यी साहासीले आफुले चुमेको ठाउँको सामाजिक संरचना, शैशिक स्थिति ,भौगोलिक अवस्थिति ,व्यक्तिको चेतना स्तर ,मौसम, वातारण, आर्थिक क्रियाकलाप ,व्यवसाय,मुख्य आम्दानीको श्रोत ,भौतिक पूर्वाधारको बिकाश र राज्यको उपस्थिति जस्ता पाठकले जान्न चाहाने बिषयमा किन मौन रहे ? अवको वर्णनमा छ कि कतै रोकिन्न पुन: पुलिसको दुख ,चोरिएको घटना ,कसैसंगको भेट फेरि ‘चिरिप्प’- ‘झिरिप्प’ पन्ना सकिए | लाग्यो सह-लेखनीको सामन्य धर्म समेत पुरा भएन | त्यसो त पुस्तकका शिर्षक र शिलशिला हेर्दा दैनिकीकै संगालो जस्तो पनि लाग्छ यधपी यसको निखारमा पुष्कर पहिल्यै देखि सचेत हुनुपर्थ्यो | धैर्य गरे ! पाठकको अनुभूति उसको उमेर समुहले समेत प्रभावित हुन्छ भन्ने कुरामा सचेत छु | पुष्करले जे जति समेटे एउटा यात्रीलाई यात्राको शुरु देखि अन्तसम्म आइपरेका सबै घटना परिघटनालाई उजागर गरेका छन |  सुकेको शुन्तलाको बोक्रासंग छाक साटेको हृदयबिदारक अनुभव व्यक्ति स्वयमले अनुभव नगरी यसको खास मूल्य ज्ञात हुदैन | विश्व छिचोलेर विश्वकै झण्डा विश्वकै उच्च स्थानमा प्रदर्शन गर्दा सायद पुष्करसंगै समिपका हिमालहरु समेत एकसाथ हासे होलान |
                                                                                           धन्यवाद !

Mr R. Paudel is a banker and a freelancer. He writes on current affairs related to finance, economics,  remittance,  politics and literature. You can meet him at rajuatripta@gmail.com