Friday, May 29, 2015

भ्रमको गति ( मेरो सरकारको)

निरन्तर।
अविराम।
थाहै छैन कसैलाइ
चलिरहेछ कसरि।
चल्छ; गज्जब चल्छ।
चलिरहन्छ। निरन्तर।
वशमा छैन गति ।
लुकाएर लुक्दैन।
लुकेर छिपिदैन।
अहं।


गर्छु;अफ।
केहि सेकेन्डको लागि।
गति कम;
फेरि अन; गति ज्यादा।
सक्दिन घटाउन गति यो समयको।
यो गर्मिको।
दक्षिण पश्चिमबाट हुरुरु आउने त्यो लूको।
घट्छ बढ्छ त केवल गति केवल पङ्खाको, कुलरको।
खोजिमा अत्याहट छ,
मिठो चिस्याहटको।
भ्रमको नियन्त्रण छ पङ्खाको गतिमा।

किनकी
भुपि शेरचनको भैरहवा
चुरे तिर सरेछ अचेल।
नयन सरको लू
काठमान्डुमै झरेछ अचेल्।
अनवरत स्थिर रहिरहने पृथ्विको अक्ष;
डगमगाउन परेछ अचेल।
भ्रमै भ्रमको नेपालमा कसैले,
ठिमाहा भ्रम छरेछ अचेल।


उखरमाउलो गर्मि बेहोर्दै, भुकम्पपछिको कहर सोहोर्दै। २०७२ बैशाख ३०।