किन?
त्यो तस्वीर, मन-मन
भित्र
बिस्तारै ...
धुमिलबाट झन-झन गाढा-गाढा हुदै जान्छ?
अझ बिस्तारै
.....तिमि, तिम्रो मानचित्र;
मन मनमा मात्र होइन
हृदय उफार्दै झन्
टाढा-टाढा हुदै जान्छ?
( तर रिजोलुसन त झन्
बढी हुन्छ त?)
के भएको मलाई?
थाहा छैन...
मनले आफुलाई हराएर
पनि
तलाश गर्नखोज्छ,
र पाएको महशुस गर्छ
तिमीलाई ।
छु आफूमात्र-
बुझ्ने जस्तो गरि
सुझबुझ गर्छ ।।
भन्थे बुढापाकाले
;
उमेर पो यस्तो हो,
जहिले
हात खुट्टाले आँखा
देख्दैनन,
ज्यान यो अन्धो
हुन्छ, अनि
आँखा तेजिलो बनेर
मन बढी विचरण गर्छ ।
साँच्चै हो रहेछ ।
फुर्दै छ बल्ल
दिमागमा!
त्यसदिन ,
थियो, बिहानी को ‘प्रभात’
सुगन्ध पवन लिएर
तिमी ‘उषा किरण’ मिसियौ,
प्रकाश प्रज्वलित
पार्ने ‘रश्मि’ उदायौ
र ‘दीपिका’ चिनियौ
जब पर्यो त्यो ‘किरण’
यो ‘शितबिन्दु’मा,
वाष्प उड्यो र त
देख्यौ नि यी
विशाल सगरमा मिसियो
।
माधुर्यता जो पाए
तिमीमा,
अह.... त्यो अपुर्व अनुपम थियो ।
त्यसैले त,
मन अझै चंचल छ, आवतन
रहित
आउ मापन गर....
र यदि देख्छौ भने र
सक्छौ भने
त्यो दिव्यता भित्र
जहा देखिरहेछु म
साक्षात देवीलाई
दर्शन गर्ने अनुमति देऊ ।।
