Monday, September 21, 2015

दुइ गजल

                    -१-

आफैलाई देखेर दिक्क मान्न थाले 
समयले बदल्छ है भनि जान्न थाले 

हिजो कस्तो खुसि थियो माहोल मायाको;
आज आइ यस्तो शुन्य मान्न थाले

सायद मैले जानिन कि भावनालाई पोख्न;
छताछुल्ल भएपछी , थैली बान्न थाले

आकर्षण मात्र थियो भन्छौ होला तिमि;
होइन माया आवृत्तिको मिलन बान्न थाले

न यता न उता , कति पार्छौ प्रकुलाई?
नाइँ भन खुसि छु, सास धान्न थाले                 

                      -२-

विपनीमा सक्दैनौ त सपनी मा आयौ किन?
पुरा गर्न नसक्नेले बाचा कसम खायौ किन?

तिम्रो सुरको प्रशंसा त त्यतिखेर गर्थे मैले;
झस्काई दिने  गरि फेरी त्यहि गीत गायौ किन?

छोड्नु थियो भने किन अरुलाई विवश पार्ने?
मलाई अति रुवाएर, त्यस्तरी रमायौ किन?

तिमी अझै खुसि हुनु, प्रकु भन्छ फेरी पनि;
छोडी जाने निस्ठुरीले झुटो माया लायौ किन?


               
बुटवल-१०,  रुपन्देही; २०७२-५-२१