Wednesday, February 22, 2017

नभेटेकै जाती ! (गीत)

भो अब तिमिलाई नभेटेकै जाती!
भेटिएर छुट्नुभन्दा यसै ठीक छु माथी।।

अनायासै जोडिएछ, कस्तो हो यो मन,
आकाशमै अल्झिएको थाह नै भएन!
चङ्गा जति उडेपनी, धागो हातमै थाती।
भेटिएर छुट्नुभन्दा यसै ठीक छु माथी।।

नदेखेरै, नचिनेरै हुंदो रैछ यहाँ सम्म,
भेटेंभने, अझै बढी, होला कहाँ सम्म?
मन रोला, दु:ख होला, चिरिएला छाती!
भेटिएर छुट्नुभन्दा यसै ठीक छु माथी।।

सकिएन रोक्न हेर, बिर्सिएरै धरातल,
भनिदिएं सबैकुरा, तिनाउ सललल!
तिम्रो मनमा जे छ भन, बन्दिंन म साथी!
भेटिएर छुट्नुभन्दा यसै ठीक छु माथी।।

भो अब तिमिलाई नभेटेकै जाती!
भेटिएर छुट्नुभन्दा यसै ठीक छु माथी।।

अर्घाखाँची, २०७३/११/२०