Wednesday, February 22, 2017

जीवन भर्सेस् माया

डाक्टरीमा सिकाउंथे गुरुले,
सोंच, मस्तसङ्ग सोंच!
हरेक समस्यालाई, एउटै निदानले
सम्बोधन गर्न,
अनि
हरेक निदानलाई, अनेक बिकल्पले
समाधान गर्न!

अचम्मको छ समय/सिकाइ,
दिन्छ सयौं समस्या,
सोंच्न सिकाउछ, एक निदान,
दिन्छ अनेक बिकल्प,
सबलाई चाहिन्छ, एक समाधान!

एक निदान , एक समाधान,
अनेक समस्या , अनेक बिकल्प,
अनेक सोंच!
अनेक प्रक्रिया, अनेक परिस्थिती,
अनेक प्रतिक्रिया, अनेक अवस्थिती,
अनेक खोज!

एक तिमी, एक म,
हाम्रो एउटै निदान, एउटै समाधान!
अनेक नै धेरै धेरै,
अनेक छन् तिम्रै मेरै!