Monday, March 20, 2017

झरी परेको रात

झरी परेको रात,
शान्त निदाउन सक्दिन म ,
टिनको छानो- मनमा,
खस्छन् जब थोपाहरु!
रातको गड्याङ्गगुडुङ्गले निक्कै तर्साउछ,
बिर्सिन सक्दिन,
नारायणी उर्लिएको!
त्यसैले त बादल गर्जिने बित्तिकै,
कानमा स्टेरियो ठुसेर
"ए झरी" गित सुन्न मन लाग्छ,
किनकी
रातको झरि मन पर्दैन मलाई!