Saturday, April 1, 2017

बस् एक पल! #D1 of #Eleven11PoetryChallange

बस् एक पल,
बस् एक पलको लागि मात्र,
त्यसरी नहेरेको भए तिमिले,
चल्ने समय रोकिदैनथ्यो,
फर्केर केइ सोचिदैनथ्यो!

त्यै पनि; फेरि पलभरको लागि समय-यात्री हुने
न चाहाना छ,न बहाना छ,
न उर्जा छ, न टिकट पुर्जा छ,
न त्यसै फर्केर नै रुनुछ, न कसैको हुनुछ!
समय चलिरहन्छ, मुटु जलिरहन्छ!

बस् एक पटक,
बस् एक पटकको पहिलो भेट,
नभएको भए, दोबाटोमा,
मन यसै-उसै उडिरहन्थ्यो,
आफ्नै धुनमा भुलिरहन्थ्यो!

त्यै पनि, फेरि एक पटकको लागि, चिनजान हुंने,
न संयोग छ, न मन-योग छ,
न त्यति आँट छ, न त्यस्तो छांट छ,
न त्यसै चिनेरै रहनुछ, न भावनामा बहनुछ,
समय चलिरहन्छ, मुटु जलिरहन्छ!

#Eleven11 #Day1 #Aprilfool2k17