"ओइ !
कहाँ छौ, साथी मेरो?
सुन्यौ भने 'होइ' भन्नू!
चिन्यौ?
साथी म तिम्रो!
बोल न!
कहाँ दुख्छ घाउ?
खोल न!
म कहाँ समाऊं?
उठ न!
सङ्गै कंही जाँउ!
जुट न!
मल्हम के लगांउ?
बुझ्दछु म,
भित्र, गहिरो, गाढा...
कहाँ-कहाँ , नजिक देखि टाढा...
अनियन्त्रीत भेल सङ्गै, मन हाम् फाल्दछ,
अनि, अनि मन सङ्गै,
शरीर, संसार यो वरिपरि,
भएपनी छैन जस्तो,
कहाली जाम् लाग्दछ!
कस्तो यो तटस्थता,
आफैमा बिरोधाभास?
सहयोगी, हंसमुख तिमी
आज देखिएछौ उदास...
आऊ, साथी कुरा गरौं,
सुनाउछु, म तिमिलाई,
छन, कति कुरा खास!
डर लाग्छ , आफै देखि,
हो, आफैदेखी!
माफ देऊ आफैलाई!
बेपरबाह बनिदेऊ न एकछिन्
मरिजानु त छ सब एक दिन्!
तर साथी...
मर्नु भन्दा पहिले,
मर्नु भन्दा पहिले,
जिउनुछ, हामी धेरै धेरै दिन्!
आऊ न, साथी आऊ....
कुरा गरौं एकछिन्!"
#Depression #LetsTalk #WHO