Happy New Year! #Optimisticangle
(For those who have passed tough year, and wish for the best in New Year!)
भन्दथें;
"आखीर त्यो नि एकदिन नै त हो,
नयाँ साल रे!
अरु कुनै दिनजस्तै,
नयाँ नै त छ!
आउँछ;
जान्छ!
सकिन्छ!
कति आए,
कति गए!"
गनियो, तर मानिएन!
भनियो "ह्याप्पी न्यु इयर" , तर जानिएन!
अहिले गम्दछु,
"यो दिन, यो रात!"
बितोस छिट्टै भन्दछु!
किनकी,
जब कट्नेछ मध्यरात,
हो, जब कट्नेछ मध्यरात,
मनाउन मन छ मलाई, एक उत्सब,
पर्ने मन छ, सबै बिर्सिनेगरी झम्म!
किनकी अन्त्य गर्दैछु एउटा लामो समय,
गने, सबैले त्यसलाई ३६५ सम्म!
आए दिन, गए दिन!
केहि दिन दोबाटो सम्म आए;
र छुट्टिएर गए!
केही दिन छाँयाबनि आए;
र रहे, गोधुलिसम्म!
बिर्सेछन्,
जुन लाग्ने कुरा;
र छ जुनको शीतल छर्ने प्रकाश,
अंधेरी छ र त महत्वको प्रकाश छ!
चिसो छ मन् र त न्यानोको आभास छ!
दु:ख छ र त खुसी खोज्न व्यग्र छ मन!
त्यै पनि, लालशा रहने, सुन्न एक वचन!
आज,
अन्त्य हुंदैछ एक दिन,
र अन्त्य हुंदैछ एक सपनी पनि!
कहालीवाला सपनी!
साइत बिग्रेका पाइलाका डोबहरु,
बिर्सिइनेछन् यो दिन पछि!
सम्मिएर मनका अंधेरा खोंचहरु!
र आज मान्दैछु,
हो, जानेरै मान्दैछु,
नयाँ साल -साँझ!
बसेर बाटोको बीचोबीच
चौतारीमाझ!
अगाडी छ लामो बाटो,
नियाल्दैछु क्षितिज
आभाले पहेलपुर!
देख्दैछु,
आदित्य निस्किदैछ, केही बेरमा!
र लम्किदैछु म,
हो, नयाँ साल स्वागतको लागि !
किनकी,
मनाउदैछु म, यो नयाँवर्ष!
जसले ल्याउनेछ, खुसी उमङ्ग र हर्ष !
शुभकामना नयाँ बर्षको😊😊 #HNY2074