आजकाल न लामा प्यासेजहरु लेख्न सक्छु, न दुई हरफ कविता! न कुनै चिजले छुन्छ मलाई! बस, समय कति निष्ठुर भै सकेछ, यसो पल्टिन्छु, गम खान्छु! खान त बाकी गम मात्र त छ, खुसी जो सबै पोखिइसकेछ!
घडी हेर्छु, रातको दुई बजिरहेको छ, बज्नु नै त जो छ!
अल्छी हुनुमा मज्जा छ, समय बिताउनुमा मज्जा छ, जागर हराउनुमा मज्जा छ! लमतन्न परेर आङ्ग तन्काउनुमा मज्जा छ!
मज्जा त सबैमा छ, तर भनेका सबै कुरामा मज्जा लिन सक्ने महसुस गराइदिन सक्ने मज्जा मन को हात मा हुदो रहेछ!
द लास्ट एड्मिनिस्ट्रेसन !
मन!
कन्फेसन गर्न खोज्छु, स्थान पाउदिन! सोच्न खोज्छु, साउनको बादलसरी चित्र बिचित्र कुराहरु मनको सगरमा उडिरहन्छन्, एक त्यान्द्रो बादलको टुक्रामा तैरिन पाए पो?
कालो बादल सरि बर्सिनै पाए पनि हुने!
तर गड्याङ्ग गुडुङ्ग मात्र!
न बर्षा पर्छ, न त क्लाउड नम्बर नाइन देखा पर्छ!
खाली क्लाउडिङ्ग अफ थट्स!
बिचारको कब्जियत! न यता, न उता!