सहरको प्राइभेट सानोसानो कम्पनीको जागिरे उ।
श्रीमती पनि एकमहिना अघिदेखि एउटा बोर्डिंग स्कुलमा अध्यापन गराउन थालेकी छिन।
जागिर पाउदाको दिन कति खुसि भएथे उनीहरु। जसोतसो सहरको बसाइ चलिरहेछ।
हिजो राती राखेको अलार्मको कर्कस आवाज संगै उ बिउझिन्छ।
अनि चक्र जस्तै सुरु हुन्छ, उसको दैनिकी। साधारण नित्य कर्म गर्छ। राम्रो संग
नुहाउन पनि जागर चलेन आज उसलाई। कुन्नि के चित्त नबुझेको सानो कुरामा नै
शौचकक्षबाट चिच्याउछ उ। श्रीमती भान्छामा हुन्छिन। शौच कर्म भ्याउदा नभ्याउदै
श्रीमती ले चियाको कपले उसको रिस छिया पार्न मुस्कान संगै उसको अगाडी आउछिन्। उनको
गोरो अनुहारको मुस्कानमा पनि उसले संशय देख्छ। उनले के भयो बाबालाई भन्दै उसको
कपाल मुसारिदिन्छिन, उ झर्केर पल्लो टेबिलमा बस्छ।
समयका सुइ अगाडी सरेजस्तै लाग्दैन। उसलाई थाह
हुन्छ, उसको मुड ठीक छैन आज। त्यै पनि उ सोच्छ, आज अफिसमा हाकिमले के के पो भन्ने
हुनन, हिजोको काम पनि त बाकि छ। नौ बजिसक्दा पनि भान्छाबाट कुनै आवाज आउदैन, न त
खानाको सुगन्ध। यसो क्यालेंनडरमा आखा जान्छन! ए, धन्न आज त शनिबार पो रहेछ।
श्रीमतीलाई खानाको सुरसार किन नगरेको भनेर भन्नु पर्ला भनेको, क्यालेण्डरको एक
दृस्टीले उ कमजोर भै जान्छ। अब अत्ति भयो भन्ने सोचेर, उ टहलिन छत तिर निस्किन्छ।
बिहानै देखि आकाश धुम्म छ, न पानी पर्न सक्छ न
बतासले बादल पुरै उडाएर उज्यालो ल्याइदिन सक्छ! पल्लो घरको छतमा घिरौलाको लहरो अड्याउन राखेको
झेक्रोमा बसेर एकथान जोडीकाग कराइरहेछ्न। उ छतमा आएको देखेर फुत्त उडेर जान्छ्न,
फरक फरक दिशामा। छतको डीलमा अडिएर उसले गम खान्छ, ‘हन, कति सारो है जिन्दगि’! तल
बाटोमा हेर्छ, हिजो राति परेको पानि ढलमा न अटाएर बाटो सम्म आइरहेछ। सोच्छ, आफ्नो
काम अफिसमा नअटाएर घरमै आइपुगे जस्तै। मन आफ्नो बसमा नभएर उकुसमुकुस भएर फुत्किए जस्तै।
उसैलाई थाहा छैन उ किन यो सोच्दैछ, उ के अनुभव
गर्दैछ, के भैरहेको छ उसलाई? सायद समयको आवश्यकता यस्तै हो कि उसको बाध्यता? किन उ
यति एक्लो महसुस गरिरहेकोछ....उसले आजसम्म जो जति हुन सक्छ जाने बुझे सम्म सबै चिज
ठिक गरे जस्तो लाग्छ तथापि, किन खालि उसको मनमा एउटा कुरा अल्झिरहंछ, गला अवरुद्ध
भैरहेछ बेलाबेलामा। आखिर उसले के नराम्रो गरेको छ र, कसैलाई केहि हानि पुर्यायो?
होइन, त्यो पनि होइन। न्युट्रल रहेर बसेर धेरै ठाउ, जहा उ सक्रिय रुपले पोजिटिभली
हुनुपर्नेथियो, या जहा उ चुप लाग्नु पर्ने थियो, त्यहा बोल्यो होला, अनि, त्यहा
गलत तरिकाले इन्टरप्रेटेड त भैरहेको छैन?
सोच्छ, ‘हुनसक्छ दुवै तर; तर, अझै के चुप रहू?’
हो चुप रहनु श्रेयस्कर छ।
तर? ‘चुप रहेर मैले उनीहरुको जुन गलत इन्टर प्रेटेसन्
छ, त्यसलाई मैले माने जस्तो पो हुन्छ कि?’ होइन त्यसैले उ अप्रत्यक्ष नै सहि केहि न केहि त
व्यक्त गर्नु नै ठिक होला।
त्यतिनै बेला उसको जानकारी बिना उसकी श्रीमती
त्यहि पुगेर उसलाई हेरिरहेकी हुन्छिन! उनलाई देखेर उ झसंग हुन्छ।
उनले गम्लङ्ग अँगालो हाल्छिन उसलाई। उसको आखा बाट
आसु आउछन।
‘त्यो हाकिम ...... त्यो हाकिम ....’
‘भन्नुस न बाबा!’ उनले भन्छिन।
‘त्यो हाकिमले, नया आएकी एक स्टाफलाई......’ उसले
शब्द पुरा गर्न सक्दैन।
उत्त्निखेरै, आकाशबाट पानि बर्सिन थाल्छ! उनले
उसलाई झन् कस्छिन!