फन्नी!
भेरी फन्नी!
यसै सम्झिने हाँस्ने कुरा केही छ, जिन्दगिमा?
सानो हुँदाखेरीको केही कुरा याद आयो होला है?
हाँसो उठ्यो कि मम्मीको चड्कनको याद आयो?
खैर जे होस, तिम्रोको दिमागमा यस्तै यौटा महसुस याद आयो!
भेरी फन्नी!
यसै सम्झिने हाँस्ने कुरा केही छ, जिन्दगिमा?
सानो हुँदाखेरीको केही कुरा याद आयो होला है?
हाँसो उठ्यो कि मम्मीको चड्कनको याद आयो?
खैर जे होस, तिम्रोको दिमागमा यस्तै यौटा महसुस याद आयो!
बर्खाको बेला छ, कतै जाँदै छौ तिमी, गाउंले बसमा चढेर! गर्मी उकुसमुकुस छ! कोच्चिएको छ समय पनि र गाडीभित्रको वातावरण पनि! तिमीलाई तिर्खा नि बेस्मारी लाग्छ, पानी प्रशस्तै पिउछौ, बाटोमा यसो गाडी रोक्याबेला झ्यालमा डुलाउन ल्याउनेको काक्रो खाइदिन्छौ, पेटमा उकुसमुकुस पार्दै अनि अलिक पर पुग्दा त पिसाबथैलीमा नि बेस्मारी उकुसमुकुस लाग्छ!
"खलासी दाइ!" तिमी सकि नसकी उकुसमुकुस मा पछाडी कुनाको झ्यालबाट चिच्याउछौ! बसभित्र बजेको एमपिथ्री प्लेयरको आवाजले तिम्रो आवाजलाई बिस्फारित गरिदिन्छ!
तिमी भिडभित्रबाटनै कान्छी औलो देखाउछ्यौ, हात उचालेर! तर खलासीले देख्दैन!
तिमी भिडभित्रबाटनै कान्छी औलो देखाउछ्यौ, हात उचालेर! तर खलासीले देख्दैन!
अगाडि सिटमा बस्ने आमैलाई तिम्रो उकुसमुकुस पीडा देखेर उकुसमुकुस हुन्छ!
"ए बाबू, त्यो पछाडिको कान्छोलाई पिसाबले च्याप्यो रे!" खलासिले पुलुक्क हेर्छ, तिम्रो मन पुलकित हुन्छ, अब त गाडी रोक्ने भयो भनेर!
"एकैछिन है!" उसले खस्रो आवाजमा भन्छ!
अब त रोक्ला अब त रोक्ला भन्दा भन्दै, अरु १० किमि पर पुर्याउछ गाडी! तिम्रो मूत्राशयमा थप थप पीडा महसुस भैरहेछ! त्यसमाथी बाटो उबडखाबड!
अगाडि त अझ ठूलो खाडल पो रहेछ कि क्या हो! गाडीको ब्यालेन्स हुदैन!
अगाडि त अझ ठूलो खाडल पो रहेछ कि क्या हो! गाडीको ब्यालेन्स हुदैन!
अनि अब तिमीलाई अघिसम्म मुत्रथैलिमा भैरहेको पीडा अल अफ अ सडेन कम भएर जान्छ!
आहा !
आनन्द!
सिरि सिरि मधुर बतास झ्यालबाट बिस्तारै भित्रपनी छिरिरहेको रहेछ भन्ने बल्ल थाहा हुन्छ तिमिलाई!
आहा !
आनन्द!
सिरि सिरि मधुर बतास झ्यालबाट बिस्तारै भित्रपनी छिरिरहेको रहेछ भन्ने बल्ल थाहा हुन्छ तिमिलाई!
ओहो!
जुरुक्क जागि पो हाल्छौ तिमी!
अनि चिच्याउछ्यौ!
"मम्मी ....!
तिर्खालाग्यो! "
अनि चिच्याउछ्यौ!
"मम्मी ....!
तिर्खालाग्यो! "
कहिल्यै बिहान उठ्नासाथ पानी खान नखोज्ने छोरोले किन आज पानी माग्यो मम्मिलाई थाहा भैहाल्छ!
"पांच बर्षको लाठे भएर पनि लाज छैन अझै! साझ सुत्नेबेला सु गरेर सुत् भनेको मान्दैनस्!" बिस्तारै मनतातो देखि तातो चिज तिम्रो गालातिर आउँछ र उत्निखेरै पर जान्छ! दुई तीन चोटि!
तिम्रो घाँटीसम्म केही उम्लिएर आउँछ, तर बाहिर आउन सक्दैन त्यही अड्किन्छ! थाहै नपाई, आँखाबाट पो दुइचार थोपा नुनिलो पानी पोखिन्छ, तर देखाउन नहुने हुनाले तिमी आफ्नै दुबै बाहुलिले पुछ्छ्यौ!

अब त तिमी पूरा कन्सियस भैसकेको छौ! जुरुक्क जर्याक्मुरुक गर्दै, एक चुँ पनि नगरी तिमी उठ्छौ! अनि नित्यकर्ममा लीन हुन्छौ, किनकी त्यति नगरे अब विद्यालय जान अत्ति नै ढिलो हुनेवाला छ!
अँ त म कुरा गर्दैथें, सबकन्सियस कुरा, जुन तिमीले चाहेकै होस, तर ठाम परिस्थिती भाँडमै जाओस! तर नसोचेरै, केही नगरेरै भैदिएको होस!
ट्रीङ्ग ट्रीङ्ग! हो कि टिट टिट!
बज्छ तीन चार चोटि!
कन्फ्युजन छ है आवाजमा पनि!
बज्छ तीन चार चोटि!
कन्फ्युजन छ है आवाजमा पनि!
कतै कुदिरहेछु, सुनसान जङ्गलमा! सायद बाइकमा पो हो कि? कहाँ जाने , कसरी, कोसङ्ग थाहा छैन ! त्यत्तिकैमा उताबाट आवाज आउँछ!
"ओइ?" स्वभाबिक माधुर्यता सहितको आवाज पो छ त!
" हइ!"
"के छ हजुर, कस्तो महसुस गरिराख्नु भएको छ?" उताबाट फेरि आउँछ आवाज!
रियरभ्यु मिररलाई अलिकती घुमाउंछु! सिरिर बतासमा लहरिएका काला केशराशिहरु फुत्तफुत्त अगाडिको गोरो अनुहारमा जिस्किदै आउदै जाँदै गर्छन!
" भन्नुस न!" फेरि अनुरोध!
" खै थाहा छैन....."
"थाहा नभएकै कुरा गर्नुस पो भनेकी ।"
"अरे वा यो कस्तो कुरा, थाहै नभएको कुरा कसरी गर्नु खै मैले! खैर जे होस, न यो यात्रा न यो बार्ता सकियोस्! र सिरिरी बतास नि चलिरहोस्!" रियरभ्यु मिररमा फेरि हेर्छु!
आँखा जुद्छ!
कुनै सन्यासिले जीवन जगतका बारेमा दिएको प्रवचन सुनिरहेको बालकका जस्ता जिज्ञासु आँखा अनि केही खोजिरहेको भावभङ्गिमा!
फुत्तफुत्त फुत्किने बाख्राका पाठापाठी लिएर सांझपख खोरमा हुले जस्तै, ती काला केशहरु, कान को पछाडी एकमुस्ठ सिउरिइन्छन्!

देब्रे आंखा झिम्क्याउछु!
उ दाहिने आँखा झिम्क्याउछे ! म देब्रे देख्छु ऐनामा!
सोच्छु, थाहा नभएको कुरा म कसरी पो भनुं, जो तिमी सुन्न चाहान्छौ! कहिल्यै सोचेकी छ्यौ , जे होस भनेर आश गरिएको होस् तर समय परिस्थिती छोडेर, आफुले त्यसको लागि केही गर्दै नगरी भएको होस्!
उफ्! कस्तो एब्सर्ड कुरा!
तर छोडिदेउ! यसमा पोइन्ट नभएनी दम चै छ है!
"हाहाहा!" आवाज आउँछ मेरो!
पछाडीबाट ऊ बोल्छे, "एक्लै एक्लै के सोचेर हाँस्या?"

पि ए यु एस इ...... पज
"ओइ, म हांस्या पो छु?"
"अँ त, अनि म किन पो भन्थे र?"
"अचम्म! अनि के, म के सोचिराथे भने नि ...."
"गो अन..."
"मलाई नै थाहा छैन!"
"अब म पनि हाँसुम?"
"हाँस न त सुनम् म पनि!"
"हाहाहाहा....."
"अँ त, अनि म किन पो भन्थे र?"
"अचम्म! अनि के, म के सोचिराथे भने नि ...."
"गो अन..."
"मलाई नै थाहा छैन!"
"अब म पनि हाँसुम?"
"हाँस न त सुनम् म पनि!"
"हाहाहाहा....."
भङ्ग हुन्छ एक्कासी एकाग्रता !
"कस्तो चर्को हाँस्या के?"
हैन म कहाँ पो छु?
बेडमा!
मोबाइलको घडी हेर्छु!
२३:२३ ।
उसङ्गै म बोलिरा रहेछु , २९ मिनेट देखि!
बेडमा!
मोबाइलको घडी हेर्छु!
२३:२३ ।
उसङ्गै म बोलिरा रहेछु , २९ मिनेट देखि!
धन्न, सबकन्सियसमा नि कन्ट्रोल गर्ने प्रीफ्रन्टल लोब छ र, जे सोंचेनि त्यो रियलमा हुन्न! नत्र त मम्मिको गाली र पिटाईबाट काँ बच्थें र म!
जे होस् थाहा नभएको कुरा सपना, चेतना अर्धचेतनामा सोंच्ने धृष्टता गरें! नदेखेको मान्छेको अनुरोध नै सहि, तन्द्रा -अर्धचेतमै उसैसङ्गै घुमिरहेको पो रहेछु!
जे होस् थाहा नभएको कुरा सपना, चेतना अर्धचेतनामा सोंच्ने धृष्टता गरें! नदेखेको मान्छेको अनुरोध नै सहि, तन्द्रा -अर्धचेतमै उसैसङ्गै घुमिरहेको पो रहेछु!
"यतिबेर देखि हामी के पो कुरामा बोलिरहेका थियौ, उल्लु?" सोध्छु मैले!
" भन्दिन, मलाई थाहा छैन!"
"हाहाहा......
" भन्दिन, मलाई थाहा छैन!"
"हाहाहा......