Monday, January 8, 2018

पिँजडाकी चरी - म

                                 - बर्षा खनाल
पिँजडा!
आहा!
पिँजडाकी चरी आहा!
कति राम्री, सजिएकी आहा!
आऊ गाउँ गीत , लगाऊ प्रीत
नाँच, गाँऊ, रमाऊ मै सित !

यसरी,
पिँजडाकी चरी देखि खुसिले रम्ने गर्थें म!
कति राम्री चरी!
आहा, पिँजडा भित्रकि चरी भनी गम्ने गर्थेँ म!
चरिको मर्म नबुझी गलल हाँस्ने गर्थें म!
उनलाई जिस्क्याइ खुसी आफू बाँच्ने गर्थें म!

तर आज बल्ल बुझ्दैछु,
किन पिँजडाकी चरी म नाँच्दा नाँचिनन्?
किन पिँजडाकी चरी म हाँस्दा हाँसिनन्?
आज बल्ल बुझ्दैछु,
किनकी,
आज म स्वयम्,
पिँजडाकी चरी बन्न पुगेकी छु,
स्वयम् कैद जस्तै  भएकी छु,
पिँजडाभित्र!

हो यस्तो  पिँजडा भित्र ,
जहाँ
जहाँ म मेरा भनेकाको नै पिरती पाउन  सक्दिन,
जहाँ म मेरा  आफ्ना ठानेका सङ्ग नै  साइनो लाउन सक्दिन!

जहाँ म मान्छेको हुलमाझ आफुलाई एक्लै पाउँछु!
जहाँ म जिन्दगिको नीच धुनमा आफुलाई मस्त पाउंछु!

जहाँ एक बार बोल्नु पुर्व म,
बात, घात र लातको  दु: स्वप्न देख्छु!
जहाँ एक बार हिड्नु पुर्व म,
बाटो, घाटो र खास्टो को दु:ख देख्छु!

जहाँ म स्वयम् सङ्ग नै,
मनका कुरा खोल्न सक्दिन!
जहाँ हजार  बार सोचेर नि ,
एक बार बोल्न सक्दिन!

हो, आज म कैद भएकी छु यो पिँजडा भित्र ,
जहाँ म मेरा सपनासङ्ग साइनो गाँस्न सक्दिन!
जहाँ म आफ्नो लागि स्वयम् बाँच्न सक्दिन!

तर पनि म यहि पिँजडा  भित्र बाट,
खुला आकाशमा काला बादल माथि
चाँदिका घेरा देख्छु,
अँध्यारो जति भए पनि,
केही मायाको चेहरा देख्छु!

यहिँ हुँदै कतै केही आशाका किरणले छुन्छन्!
अनि तिनै यो जीवन जिउने, अनौठा उर्जा हुन्छ्न!

यहिंबाट, म भोलिको उज्ज्वल झिल्का सोच्छु!,
अनि, आफुलाई शक्ति भर्ने, एउटा किल्ला ठोक्छु!!

हो,
म पनि एकदिन आकाशमा स्वतन्त्र भै उड्ने छु!
अनि सबैलाई पिँजडाबाट छुटाउन दत्तचित्त लड्नेछु!
हो,
अब  बल्ल बुझें!
किन पिँजडाकी चरी म हाँस्दा हाँसिनन्!
किन पिँजडाकी चरी म नाच्दा नाचिनन्!
किन पिँंजडाकी चरी म नाच्दा नाचिनन्!

बर्षा खनाल, मेडिकल विद्यार्थी हुनुहुन्छ! वहालाई writerspen48.wordpress.com मा पढ्न सकिन्छ!