Thursday, September 20, 2018

सुषुप्तता / Hibernation

Hibernation ( सुषुप्तता, शीतनिद्रा)

निद्रा कसलाई पो मन पर्दैन र? त्यो पनि शक्ति सन्चयको निद्रा! सबैलाई मन पर्छ!

अल्छी हुनुमा मज्जा छ! अल्छि अनुभव गर्नुमा झन मज्जा! अनि बिना चिन्ता अल्छीपना भोग्नुमा झन झन मज्जा!

समय बगिरहन्छ। चिसो रगत हुने प्राणिहरु जाडोमा जमिनमुनी शक्ति सन्चय गरेर आराम गरे जस्तै, हरेकको जिवनमा जमिन मुनि आराम गर्ने दिन पनि आउछन। आरामले सन्चय गरेको शक्ति , सुषुप्तता सकिने कारण बन्दा झनै खुसी हुदों रहेछ!

अनि , आउँछ, सुषुप्तता पछिको व्यस्तता! कल्पनाका लहराहरु उर्लिदै भेल बनी बग्छन्, तर यथार्थ चै, समुद्रकै छाल पो बनिदिन्छ! सहि , एकदम सहि! खहरेमा बग्नु भन्दा त समुद्रकै छालमा रजनी को गुरुत्वाकर्षणमा बग्नु बडो गज्जब हैन र?
कस्तो अनुभव! सुषुप्तताको अल्छिपना बिर्साइदिने जिवन्त!

लौ चियर्स! व्यस्तता अनि व्यस्ततामा रमाउने सबैलाई!