साँझपखको नारायणि किनार, मन्द गतिमा पानी बगिरहेछ! उर्लिदो छैन तर बग्न बिर्सेको छैन! मन्द गतिमा हावा बगिरहेछ, हावाको स्वाद-स्पर्श उस्तै छ, बगिरहेछ!
भर्खरै परेको पानीमा नारायणी तीरको दुबो माथी खाली खुट्टा हिडाइ!
भरतपुर ओरालोमा उकालो लाग्दै गरेका गजक्क परेर बसेका यात्रु भरिएका रिक्सालाई ठेल्दै गरेका असीन पसीन रिक्सावालाहरुको पीडा (सम्झना मात्र)
स्टेसनरी पसलको छेवैमा उभिएर प्लस्टु र स्कुले बिध्यार्थिका कुरा किनमेल अनि योजनाको श्रवण!
शिवघाटको किनारबाट 'सानो समुद्र'को परिकल्पनामा पारीपट्टिको राजमार्गमा गुड्ने गाडिको गणना!
चौबिसकोठिमा दिनकै हुने साना भेटघाट र जमघट हरुको चलपहल!
गेटै अगाडि चिया पसलमा चियाको सुर्को लिदै बाहिर सडकमा साझ पख घर फर्किने हरुको हतार अनि थकाइको अनुहार!
छतमा बसि चिसो चिसो हावा खादै वारि पारी हेरेर गुन्गुनाउदाका पलहरु!
खाली अनि लमतन्न तन्किरहेको सीधा बाइपास सडकमा बिहानै दौडिरहने पुट्ट पेटवाला हरु!
सिमसिमे पानीले गर्मिले तातेको सडकमा पर्दा खेरी आउने माटोको सुगन्धी बासना!
अपत्यारिलो उखुम गर्मी भयो भनेर आत्तिराको बेला, कताबाट झ्याप्प बादल आइदिन्छ, बिजुली चम्किन्छ, अनि पानीका प्यारा थोपाहरुले आफुलाई स्पर्श गर्दाको आनन्द!
पुल्चोकमा जान्छु, पश्चिम पश्चिम .... बुटोल बुटोल.... को आवाज सुन्छु, लाग्छ यो कैले बदलिनेछैन।
घरको छतमा बसेर पश्चिम दिशामा हेर्छु, मौलाकालिका डांडामा उस्तै बत्ती बलिरहेछ, जुन बर्सौ अघि नि बलिरहन्थ्यो!