आजकाल लेख्न मन लाग्दैन। अह फिटिक्कै लाग्दैन।
कसैले
मेरो दाहिने हातको जाच गर्यो भने त चोर औंलामा ठेला नै पाउनेछ, तर यसको अर्थ यो होईन कि मैले लेखिरहेछु। तर अह, मैले लेखेको छैन, ती कुरा हरु, जो म उतार्न चाहान्थे।
तर
मेरा औंलाहरु, लेख्न व्यसत भए- अन्य जीवन्त शब्दहरु, पीडाका चिफ कम्प्लेन्, ज्यानका बिसन्चा
लक्षणहरु, अनि निदानका शब्दहरु र तीनका उपचार हरु ।
ओखतिका डोज र तीनका समय कोर्दा मैले भुलेछु मन भित्र छुने शब्द विन्यासको बिस्कुन
सुकाउन। सायद ती शब्दको बिउ मा ढुसी पो लागयो कि ? या ती शब्दहरु केहि हराए कि या मक्किए कि ?
ओहो, सम्झिदा मन आत्तीन्छ!
यती
धेरै झरी परेको दिन्, आशा गरिरहेछु, भोली त अवश्य पानी बस्छ, अनि वसन्तको पहिलो
सुकुमार भाष्करका सुमधुर किरणहरुले अवश्य श्पर्स गर्नेछन्, यो तनमा, यो मनमा।
त्यसरि
नै आज कोर्न लागिरहेछु दुइ चार ओखति इतरका शब्द, जसले
छुन सकुन्, त्यो मनमा!
आजकाल
यस्तै छ साथी हो! मन उडिरहन्छ। कहाँ कहाँ ? सोच्ने फुर्सद आफैलाई छैन, सोध्ने फुर्सद
कसैलाई छैन।
उडिरहने
मनलाई कोही चाहिएन, मलाई पो कोही किन चाहियो ?
उतिबेला
जतिखेरपनि पुस्तक हातमा हुन्थ्यो, अनि त्यसमा
लेखिएका काल्पनिक कथामा सङ्गै उडन्तस्तरी बेग छलान लगाउथ्यो मन । अनि, कल्पना त हो नि, कसैको केहि बिगारेको छैन
ब्यारे भन्दै, कहाँ कहाँ पुगिन्थ्यो ।
कसैले
छ्यास्स केहि लेख्दिन्थ्यो दुइ-शब्द मनमा अनि त्यसको शल्यकृया
हुन्थ्यो। शल्यकृया पश्चात, त्यसको उपलक्ष्यमा सानो, तर महत्वको विमर्श हुन्थ्यो।
आजकाल
सबै ब्यस्त, यति ब्यस्त कि, कसैलइ कसैको सुन्नु छैन्, कसैलाई कसैको पढ्नु
छैन, कसैलाइ कसैको शब्दविन्यासको शल्यकृया गर्नु छैन, छ त केवल् दगुर्न, अझ भनौ उछिन्न र अगाडि पुग्न
सबैभन्दा!
अनि
मलाई?
अनि
म पनि त उस्तै त हो नि । मनमा हज्जारौ कुराहरु छचल्की रहे पनि, व्यक्त गर्ने समय अनि स्थान नभेट्दो रहेछु । यसरि लिपिबद्ध गर्ने समय
जुटाउन नसक्दो रहेछु ।
अनि
समय बगिरह्यो, छोप्न सकिन मैले। शब्द बिर्सिइरह्यो,
सम्झिन सकिन मैले ।
अब
भने आउने छु; चाहे जहाँं हु, जस्तो
हुं जे गरुं, नियमित, दुइ शब्दको झोका
होस या, मस्तै शब्दको बिस्कुन्,
सके
भने, छुनेछु दिल्, नसके भने त्यों
मनको डिलै -डिल लागौला आफ्नो बाटो ।
जस्ले मलाईइ झक्झक्याउनुभो, वहाँलाई सुनको माला । जस्ले केहि मेरो अक्षराकृत पढ्न माग गर्नु भो वहाँलाई फूलको माला । जस्ले मेरो हात समाती समाती अक्षर लेख्न सिकाउनु भो, वहाँ त सायद बैकुन्ठ्मा हुनुहोला ।
हार्दिक धन्यवाद हजुरको धैर्यताको लागी ।
अहिले
लाई भने जदौ ।
आखीर
फोकटमा यती पढ्न नि कडै धैर्यता चाहिन्छ भन्या।