Tuesday, March 31, 2020

लकडाउन् डायरि

यसो सम्झिदै गर्नु,  याद आयो भने ।
राम्रो कल्पिदै गर्नु, याद आयो भने ।।

बन्दाबन्दिमा परिछ्यौ, कति गाह्रो भए होला?
कहि अल्झिदै गर्नु, याद आयो भने ।।

के होला र माया, पातलियो कि?
भए थप्दिदै गर्नु, याद आयो भने ।।

श्रीपेच त खसी सक्यो; कोरोना के रहला?
मनोबल् झल्किदै गर्नु, याद आयो भने ।।

ख्याल राख्नु आफ्नो, अनि वरीपरी,
परे कल् दिदै गर्नु, याद आयो भने ।।

२०७६ चैत्र १७।  काठमांडू।