Tuesday, May 4, 2021

बिना शस्त्रको युद्ध (अनुवाद)

हे दयानिधि! रोक रथ अब, कुन प्रलयको तयारि हो?

यो बिना शस्त्रको युध्द जो, महाभारत भन्दा भारी भो।


रुंदा रुंदा आँखा सुके, अब आंसु छैन यी नयनमा,

सेवामा जस्को गर्व थियो, अब 'ज्यान' छैन यो तनमा।

आफ्नोनै साथ छैन आफैलाइ, युध्द जीवनसङ्ग नै जारी हो।

यो बिना शस्त्रको युद्ध जो, महाभारत भन्दा भारी  भो।


हामीले व्यबस्था यस्तो बसाल्यौं, बैज्ञानिकताको बहानामा,

अबरोध गरिदियौ सबै, हर एक दोस्रोको बाटोमा,

धरतीको दोहन त सकियो, अब आकाशको पाली  हो,

यो बिना शस्त्रको युध्द जो, महाभारत भन्दा भारी भो।


जुन मुश्किल चलिरहेछ, यो खेल हाम्रो आफ्नै थियो,

अनमोल जीवन बिकाइयो जे मा, तुुुच्छ सुखको सपना थियो!

जताततै तामस देखिन्छ, हर रात अब भय-कारि भो, 

यो बिना शस्त्रको युध्द जो, महाभारत भन्दा भारी भो।


कति परिचित, कति आफ्ना, कति यसै बिति गए,

धन-सम्पत्ति गर्ने हात, आज यसै घिटी-घिटी भए,

हे राघव-माधव-मृत्युन्जय, पग्लिऊ, हाम्रो यो पुकारि हो,

यो बिना शस्त्रको युध्द जो, महाभारत भन्दा भारी भो।


हे दयानिधि! रोक रथ अब, कुन प्रलयको तयारि हो?

यो बिना शस्त्रको युध्द जो, महाभारत भन्दा भारी भो।


(Translated and modified from Hindi)