Sunday, February 16, 2025

अलिकती माया दिनु ल तिमी

अलिकती माया दिनु ल तिमी, अलिकती म दिउला,
बोलाउनु, है मलाई तिमी, फर्की फर्की म आउला!!!

नभेटेको भए त्यसदिन चौबाटोमा, 
न यसरी चिनिन्थ्यो, 
न फर्केर हेर्दै हिनिन्थ्यो।।
न यसरी आउथ्यो सम्झना, न कोरिन्थ्यो यो "सिर्जना"
न फुल्थ्यो "कोपिला" मनको ,
न जाग्थ्यो "करुणा" --- 
हेर न, आज रात रात भर जाग्न मन लाग्छ, नियाल्दै उसका नयनहरु,
समातेर कोमल हात उसैका, सुनाउन मन लाग्छ आफ्ना गनगनहरु! 
आज फर्केर हेर, कोरेका मनका सङ्गमहरु,
आज सम्झेर हेर, 
छ कि कतै मनमा 
तिम्रो लागि सङ्गालेको सौगात  दिन छुटेको?